कोहलपुरमा युनिटीको सेवा विस्तार

नेपालगन्जको युनिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा केन्द्रका रुपमा कोहलपुरबाट सेवा विस्तार गरेको जनाएको छ ।

कोहलपुर नगरपालिकाका ११ वडा अध्यक्ष कल्पना अधिकारीले एक कार्यक्रमका माँझ सोही वडामा रहेको सेवा विस्तार गरेको हो ।

उक्त कार्यक्रममा मेघा बचत तथा शिव लामिछाने, कार्यक्रममा प्रदेश बचत संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवाली, राष्ट्रिय सहकारी बैंक, नेपालगन्जका शाखा प्रबन्धक सागर ऐडी लगायतको उपस्थीति रहेको थियो ।

युनिटी बचत तथा सहकारी संस्था लिमिटेड २०६६ सालमा नेपालगन्जमा स्थापना भएको सहकारी भए पनि विस्तारै सेवा विस्तार गर्ने अभियानमा रहेको संस्थाकी अध्यक्ष विजया धितालले बताइन् ।

सुरक्षित निक्षेप आकर्षक व्याज, युनिटी नै लोकप्रिय सहकारी माँझ भन्ने अभियानका साथ झण्डै ४ करोडको कारोबार सञ्चालन गर्दै आएको अध्यक्ष धितालले बताइन् । १२ सय सहकारी सदस्य रहेको छ उक्त संस्थाकाको ६० लाख सेयर पुँजी रहेको संचालक समिति सदस्य कमला गैरेले दैनिक नेपालगन्जलाई बताइन् ।

प्रतिक्रिया

प्रतिक्रिया