टिभिएसको ‘ग्राण्ड एस्चेन्ज मेला’

नेपालगन्जमा पहिलो पटक टिभिएसले ‘ग्राण्ड एस्चेन्ज मेला’ आयोजना गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र वरिष्ठ पत्रकार पूर्णलाल चुकेले ‘ग्राण्ड एस्चेन्ज मेला’को सोमवार संयुक्त उद्घाटन गरे ।


टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स प्रालि र नेपालगन्जका लागि आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोवलको संयुक्त आयोजनामा रामलिला मैदानमा शुरु भएको ‘ग्राण्ड एस्चेन्ज मेला’मा प्रमुख अतिथि मन्ुसरीले दुई जनालाई चाबी पनि हस्तान्तरण गरे ।


ग्रेस एण्ड ग्लोबलका संचालक महादेव सिंहले नेपालगन्जको जनघनत्वको आवश्यकतालाई मध्यनजर गरेर टिभिएस ग्रान्ड मेला आयोजना गरिएको बताए । मेलामा प्रत्येक टिभिएस खरिद कर्ताले एक्सचेञ्ज गर्दा रु ७००० बजार मुल्यांकन भन्दा बढि भेलुएसन पाउन सक्ने व्यवस्था गरिएको प्रवन्धक विजय चापागाईंले जानकारी दिए ।


कम्पनिका भेरी क्षेत्रका रिजनल अफिसर प्रकाश श्रेष्ठले प्रत्येक खरिदकर्तालाई विभिन्न सहुलियत दिइने जानकारी दिए । उनका अनुसार, हेलमेट, लेगगार्ड, बडि कभर तथा रेनकोट प्रदान गरिएको छ ।


ग्राण्ड एस्चेन्ज मेलाको उद्घाटन कार्यक्रम ग्रेस एण्ड ग्लोबलका संचालक रणबहादुर शाहीको अध्यक्षतामा गरिएको थियो । कार्यक्रम सञ्चालक समेत रहेका स्थानीय युवा कलाकार अशोक रावलले विभिन्न प्रस्तुति गरेको मेलामा अधिवक्ता विश्वजीत तिवारीले टिभिएस बाइकको चाबी ग्रहण गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया