सौन्दर्यकला व्यवसायी संघ बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार सम्हालेको छ । पाँचौं जिल्ला अधिवेशन तथा चौधौं साधारणसभाबाट निर्वाचित राधा शाहको अध्यक्षतामा गठित समितिले शुक्रबार औपचारिक रुपमा पदभार सम्हालेको हो ।
निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष दुर्गा अधिकारीले नवनिर्वाचित अध्यक्ष शाहलाई पदभार हस्तान्तरण गरिन् । कानुनी सल्लाहकार माया शर्माले नवनिर्वाचितहरुलाई सपथ ग्रहण गराएकी
हुन् ।
संघका निवर्तमान अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रम संघका केन्द्रीय सल्लाहकार सरस्वती श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । निवर्तमान अध्यक्ष अधिकारीले कोरोना महामारीका कारण कर तथा घरभाडा नै तिर्न समस्या भएको अवस्थाबाट व्यवसायी बाहिर आइरहेकाले थप व्यवसायीलाई समेट्न आगामी कार्यसमितिले काम गर्नुपर्ने सुझाव दिइन् ।










