मेलान्जमा ‘दशको दश’ अफर अफर सञ्चालनमा ल्याएको छ । नेपालगन्जको वेष्टर्न मलमा समेत सञ्चालनमा रहेको मेलान्जले शनिबारदेखि सीमित अवधीका लागि १० हजारको खरिदमा १० हजारकै क्यास ब्याक अफर सञ्चालनमा ल्याएको हो ।

योजनमा ग्राहकले रु दश हजार वा सो भन्दा माथिको खरिद गर्दा १० हजार क्यास व्याक पाउन सकिन्छ, रु ५ हजारको खरिदमा २ हजार ५ सय र सो भन्दा कमको खरिदमा पनि बिभिन्न योजना रहेका छ ।
यो बिशेष प्रकृतिको योजना भएकोले यसका केही सर्तहरु समेत रहेका छ जस अनुसार ग्राहकले समान खरिद गर्दा एकै प्रकृतिको समान वा एकै डिजानरको समान धेरै सख्यामा खरिद गर्न भने मिल्ने छैन, यस्तो गर्नुको खास कारण चाँही होलसेल पसलहरुले खरिद नगरुन भनेर हो ।
२०१७ को जनवरी महिनाबाट सुरु भएको मेलान्ज स्टोरको मुख्य आउटलेट काठमाडौको कमल पोखरी सिटी सेन्टरमा रहेको छ र यस शाखा आउटलेटहरु काठमाडौकै गल्फुटार र पेप्सिकोलामा रहेको छ भने ईटहरी, नेपालगन्ज र धनगढीमा समेत छ । मेलान्जमा बिभिन्न उमेर समुहका महिला पुरुष र बच्चाहरुका लागि लुगाकपडा र अन्य फेसनका समानहरु पाइन्छ ।








