२० जनाले लिए सीपमूलक तालिम

नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोग र घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उप–महानगरपालिका समितिको आयोजनामा २० जनाले सीपमूलक तालिम लिएका छन् । माघ ५ गते सुरु भएको १५ दिने आधारभुत हाते कढाई तथा बुटिक तालिमको समापन शुक्रबार औपचारिक कार्यक्रम बीच गरिएको छ ।

आयोजक संस्थाका अध्यक्ष दिला शाहको अध्यक्षता एवम नेपालगन्ज उप–महानगरपालिका का उप–प्रमुख उमा थापामगर को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपालगन्ज उप–महानगरपालिकाका महिला, बाल–बालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाह सहभागी थिइन् । कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश सचिव जयश्वर पौडेल, केन्द्रीय प्रतिनिधि कृष्णा पाठक, कोहलपुर नगर समितिका अध्यक्ष हेम बिक्रम जि. सि., महासचिव सि.एम. उपाध्याय तथा उच्च अदालत बार एसोसिएसनका निवर्तमान अध्यक्ष विकास आचार्यको उपस्थिति थियो ।

आयोजक संस्थाका उपाध्यक्ष बिष्णु खनालले स्वागत गरेको कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । तालिममा भिमु मगरले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सञ्चालन नेपालगन्ज उप–महानगरपालिका समितिका महासचिव भोज राज तिमिल्सिनाले गरेका थिए ।

तालिममा उत्कृष्ट प्रशिक्षार्थी मञ्जु घर्ती आचार्यलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया