नेपालगन्जमा स्वराज सहस्त्र मेला

स्वराज ट्याक्टरको नेपालगन्ज स्थित आधिकारिक बिक्रेता भुषाल इन्टरनेशनलले बिहीबार ‘हाम्रो स्वराज सहस्त्र मेला’ आयोजना गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि स्वराज ट्याक्टरका कन्ट्री म्यानेजर हरजित सिंहले पश्चिम नेपालको बजार प्रवद्र्धनमा भुषाल इन्टरनेशनलले उत्साहजनक काम गरेको बताए । ‘स्वराज राम्रो भएकै कारण भेरी, सेती र महाकालीमा हाम्रो ट्याक्टर एक नम्बरको बजार लिन सफल भएको छ’, सिंहले कार्यक्रममा बिक्रेता भुषाल इन्टरनेशनलको प्रशंसा गर्दै भने, ‘त्यसका लागि पार्थ भुषालको नेतृत्व र यहाँ कार्यरत कर्मचारीहरु सबैको उत्तिकै भूमिका छ ।’

दशैं, तिहार पर्वलाई लक्षित गरी बिक्री प्रवद्र्धनका लागि अघि सारिएको मोटरसाइकल स्किमको नतिजा समेत सार्वजनिक गरिएको सहस्त्र मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सार्वजनिक रुपमा गरिएको गोलाबाट स्वराज ८५५ का खरिदकर्ता पुनर्वास–४ कञ्चनपुरका प्रेम बहादुर बस्नेतले २ लाख बढीको मोटरसाइकल उपहार प्राप्त गर्न सफल भए । ‘दशैं, तिहार पर्वका बेला निश्चित समयमा बिक्री भएका १ सय ५२ स्वराज ट्याक्टरका खरिदकर्ता मध्येबाट लक्की ड्रबाट बस्नेतले मोटरसाइकल प्राप्त गरेका हुन्’, भुषाल इन्टरनेशनलका प्रबन्ध निर्देशक पार्थ भुषालले सबै ट्याक्टर धनीलाई फ्रिज उपहार दिइएको जानकारी दिंदै भने । त्यसक्रममा कार्यक्रम बीच पनि ट्याक्टर खरिदकर्तालाई प्रबन्ध निर्देशक भुषाल र कन्ट्री डाइरेक्टर सिंहले साँचो हस्तान्तरण गरेका थिए ।

भुषाल इन्टरनेशनलबाटै ३ हजार बढी ट्याक्टर बिक्री भएको प्रसंग अघि सार्दै कन्ट्री डाइरेक्टर सिंहले स्वराजले आफ्ना सेवाग्राहीलाई यथासम्भव सहुलियत दिंदै आएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया