नेपालगन्ज वितरक संघको शनिबार भएको १५ औं साधारणसभा तथा छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

संघका अध्यक्ष अमित बस्नेतको अध्यक्षता भएको साधारणसभाले अध्यक्षतमा गणेश भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको प्रथम उपाध्यक्षमा उपकार टण्डन, द्वितीय उपाध्यक्षमा विनोद गुप्ता, महासचिवमा मख्खन बहादुर धामी, सहसचिवमा राजु सिग्देल, कोषाध्यक्षमा नरेश झा निर्वाचित भएका छन् ।
त्यस्तै, वरिष्ठ सदस्यमा हरि प्रसाई, सदस्यहरुमा थल बहादुर ओली, जगदिश प्रसाद जोशी, लालमणि आचार्य, रामकुमार राठौंर रहेको नवनिर्वाचित महासचिवमा मख्खन बहादुर धामीले जानकारी दिएका छन् ।
त्यसअघि प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष ललित रौनियार, विशिष्ट अतिथि निवर्तमान मुग बहादुर शाह लगायतका व्यवसायीले आफ्ना धारणा राखेको कार्यक्रमको सञ्चालन सचिव माधव अर्यालले गरेका थिए