राष्ट्र सेवक सहकारीमा थापा सर्वसम्मत

जिल्लाका राष्ट्र सेवक कर्मचारीहरुको सहकारी संस्था, राष्ट्रसेवक सहकारी संस्था लिमिटेड बाँकेको २० औं बार्षिक साधारणसभाले कृष्ण कुमार थापाको अध्यक्षतामा सञ्चालक समिति र घनश्याम केसीको संयोजकत्वमा लेखा तथा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।

निर्वाचन मण्डलका सदस्य देविलाल चौलागाईका अनुसार, साधारणसभाले सर्वसम्मत चयन गरेको सञ्चालक समितिको उपाध्यक्षमा कुलराज उपाध्याय, सचिव सुशिला न्यौपाने र कोषाध्यक्ष थानेश्वर न्यौपाने रहेका छन् । सदस्यहरुमा निरज कुमार अधिकारी, रामचन्द्र पण्डित जीवन रावत, सरिता चन्द र अर्जुन कुमार क्षेत्री छन् । लेखा समितिमा शिला मल्ल र भीम रावल रहेको चौलागाईले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया