नेपालको एक मात्र डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहक लाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ । कम्पनीले यस अघि नै बजारमा ल्याएको ‘लाइफस्टाइल’ लाई पुनःनिरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।

गत साउन देखि रोकिएको यो प्याकेज आज देखि पुनःसञ्चालनमा ल्याइएको डिशहोमका जेनरलम्यानेजर रमेश सापकोटाले बताए । यस अन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ (भ्याटसहित) मा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउने छन् ।
त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ (भ्याटसहित) मा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्न सक्ने छन् । डिशहोमका २० लाख ग्राहक सँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउने छन् । हाल देशका मुख्य सहरहरूमा डिशहोमको फाइबर नेट सेवा पुगेको छ ।