नेपालगन्जमा इन्टरनेशनल एकाउन्टिङ्घ डे मनाइयो

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय नेपालगंजले अन्तर्राष्ट्रिय लेखा दिवस (इन्टरनेशनल एकाउन्टिङ्घ डे) मनाएको छ । नोभेम्बर १० अर्थात अन्तर्राष्ट्रिय लेखा दिवसको अवसरमा संस्थाले नेपालगंजमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । संस्थाका निवर्तमान पार्षद, चार्टर्ड एकाउन्टेन्ट, रजिष्ट्रर्ड लेखापरीक्षक तथा लेखा प्राविधिक सदस्यहरु र आन्तरिक राजस्व कार्यालय नेपालगंजका कर्मचारीहरुको उपस्थितिमा आयोजित प्रभातफेरी गणेशमान चोकबाट शुरु भई बी.पी. चोक हुदंै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय नेपालगंजमा गएर समापन भएको थियो ।

समापन समारोहमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा समन्वय समिति संयोजक सिए. विश्वराम भण्डारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ बाँके च्यापटरका संयोजक सिए. तेज प्रकाश दीक्षित, अडिटर्स एसोसिएसन अफ नेपाल जिल्ला समिति बाँकेका अध्यक्ष आरए. भुवन प्रसाद गैरे, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका निवर्तमान पार्षद आरए. अबदुल करीम खान तथा आन्तरिक राजस्व कार्यालय नेपालगंजका कर अधिकृत हिमालय बमले मन्तब्य राखेका थिए । आधुनिक लेखा पद्धतिका पिताका रुपमा परिचित लुका पेसिओलीले सन १४९४ मा “Everything About Arithmetic, Geometry and Proportion” नामक पुस्तक प्रकाशित गरेको सम्झनामा विश्वमा हरेक वर्ष नोबेम्बर १० लाई “इन्टरनेशनल एकाउन्टिङ्घ डे”े को रुपमा मनाइँदै आइएको छ । अन्तर्राष्ट्रिय लेखा दिवस पहिलो पटक सन १९७२ मा क्यालिफोर्निया सोसाइटी अफ सीपिए वा इन्स्टिच्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्ट्सको सान डिएगो च्याप्टरले मनाउन सुरु गर्यो । त्यस समयमा, संगठनले लेखा क्षेत्रमा अवसरहरू महसुस गर्न युवा पुस्ताहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको थियो । पछि, सन १९७६ मा अन्य समूहहरूले यस अवसरलाई मनाउन थाले ।

इन्टरनेशनल फेडिरेसन अफ एकाउन्टेन्स (आईएफएसी), कनफिडिरेसन अफ एसिया एण्ड प्यासिफिक एकाउन्टस (सिएफपीए) तथा साउथ एसिया फिडिरेसन अफ एकाउन्टस (एसएएफए) का सदस्य संस्थाहरुले नोभेम्बर १० लाई इन्टरनेशनल एकाउन्टिङ डे को रुपमा मनाउँदै आएका छन । हरेक अन्य पेशा जस्तै लेखामा सकारात्मक विचार गर्नुपर्ने धेरै कुराहरु छन । अन्तर्राष्ट्रिय लेखा दिवसमा, मानिसहरूले लेखाकारहरूको महत्व र कुनै पनि व्यवसायको सहज सञ्चालनमा उनीहरूको योगदानलाई बुझाउन र यस पेशामा रहेका अवसरहरु चिनाउनका साथै लेखा शिक्षाको महत्वप्रति जनचेतना जगाई, लेखाको क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धिहरुलाई उजागर गर्न तथा लेखा शिक्षासम्बन्धी नवीन अवधारणाहरुको विषयमा छलफल गर्न, लेखाका विद्यार्थीहरुलाई प्रोत्साहन प्रदान गर्न र लेखा शिक्षाको प्रचारप्रसार गर्न इन्टरनेशनल एकाउन्टिङ्घ डे मनाउने गरिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया