बाँकेमा सहकारी संस्थाहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बृहत रक्तदान कार्यक्रम गर्न सफल भएका छन् । उनीहरुले ६४ औं राष्ट्रिय सहकारी दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजना गरेको बृहत रक्तदानमा ६ सय ५७ पिन्ट रक्तदान गर्न सफल भएका हुन् ।

आगामी चैत्र २० गते जिल्ला सहकारी संघ बाँकेको नेतृत्वमा राष्ट्रिय सहकारी दिवस भव्य रुपले आयोजना गर्न लागिएको जानकारी दिंदै संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले सप्ताहव्यापी कार्यक्रममा क्रममा रक्तदान गरिएको जानकारी दिए ।
सहकारी संघका अनुसार, दिवसको सन्दर्भमा बाँकेको बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, नेपालगन्ज र राप्तीसोनारीमा रक्तदान कार्यक्रममा ६ सय ५७ पिन्ट रगत संकलन भएको हो ।
खजुराको शुभकामना बहुउद्देश्यीय सहकारीको भवनमा जिल्ला सहकारी संघ लि बाकेको आयोजना र शुभकामना बहुउद्देश्यीय सहकारीको आतिथ्यतामा खजुरा क्षेत्रमा रहेका सहकारी संस्थाहरुका ८० जना पुरुष र ३२ जना महिला गरि जम्मा ११२ जना शेयर सदस्यहरुले रक्तदान गरेका छन् ।