ट्रक अध्यक्षमा पुनः गुरुङको नेतृत्व

भेरी अञ्चल ट्रक, मिनी ट्रक, ट्यांकर यातायात व्यवसायी समितिको अध्यक्षमा किशन गुरुङ निर्विरोध निर्वाचित भएका छन् । शनिवार नेपालगन्जमा भएको ११ औं अधिवेशनले वर्तमान अध्यक्ष गुरुङकै अध्यक्षतमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत, अधिवक्ता विकास आचार्यले जानकारी दिए ।


अधिवक्ता आचार्यका अनुसार, शेषकान्त शर्मा वरिष्ठ उपाध्यक्ष, काली बहादुर वली उपाध्यक्ष, रत्न बहादुर थापा महासचिव, गौतम प्रसाद श्रेष्ठ सचिव र टिपी न्यौपाने कोषाध्यक्ष निर्वाचित भएका छन् । राजु तामाङ, अशोक कुमार खरेल, तुरणध्वज खाण, अमृत प्रसाद श्रेष्ठ, सुरेश कुमार छलानी र दिनेश कुमार श्रेष्ठ कार्यसमिति सदस्य पदमा निर्विरोध भएको अधिवक्ता आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया