नेपाल मुद्रण उद्योग संघ बाँकेले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार नेपालगन्जमा आयोजना भएको जिल्ला भेलाले युवा व्यवसायी तथा सञ्चार उद्यमी विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

मिसन मल्टिमिडिया प्रा.लि.का प्रबन्धक, मिसन अपसेट प्रेसका सञ्चालक पौडेलको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको सल्लाहकार पूर्णलाल चुकेले जानकारी दिए ।
संघको उपाध्यक्षमा विधान न्यौपाने र चिन्तामणि उपाध्याय, सचिवमा नोखराज रावत र कोषाध्यक्षमा मो. वहाव खाँलाई चयन गरिएको छ । सदस्यहरुमा हरिप्रसाद ज्ञवाली, मिना ढकाल, ढकबहादुर थारु, दुर्गा प्रसाद रेग्मी र सुवास ठठेर रहेका छन् ।
जिल्ला भेलाले सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको संघले जनाएको छ । उपाध्यक्ष विधान न्यौपानेका अनुसार, सल्लाहकारहरुमा पूर्णलाल चुके, मेघराज ओली, तपेन्द्र विक्रम शाह, मिना सुवेदी ढकाल, ज्योतिलाल भण्डारी, चण्डीप्रसाद गैरे र कुसुम बस्नेत छन् । ‘छरिएर रहेका मुद्रण व्यवसायीहरुलाई पेसागत रुपमा एकताबद्ध गर्दै संघ अघि बढ्ने मेरो प्राथमिकता हुनेछ,’ अध्यक्ष पौडेलले पदभार ग्रहण गर्दै भने, ‘बाँकेका सम्पूर्ण व्यवसायीका हकहितका पक्षमा संघले काम गर्ने कुरामा विश्वस्त हुनुस् ।’