इलेक्ट्रीकल एसोशिएसनको वार्षिक साधारण सभा

नेपालगन्ज इलेक्ट्रीकल एसोशिएसनको छैठौं वार्षिक साधारण सभा शनिवार आयोजना भएको
छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको प्रमुख आतिथ्यता साधारण सभा आयोजना भएको हो ।


बिजुली ब्यबसायी संघ, बाँकेका अध्यक्ष ओम प्रकाश भट्टराईको बिशेष आतिथ्यता रहेको साधारणसभाको अध्यक्षता नेपालगन्ज इलेक्ट्रीकल एसोशिएसनका अध्यक्ष शिवराज रिजालले गरेका थिए ।
नेपालगन्ज इलेक्ट्रीकल एसोशिएसनका कार्यसमिति का सम्पूर्ण सदस्यहरु र साधारण सदस्यहरुको ८० प्रतिशत उपश्थिती रहेको भेलामा एसोशिएसनका कानुनी सल्लाहकार, सल्लाहकारहरुको समेत उपश्थिती रहेको विकास कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया