नेपालगन्ज उद्योग व्यवसायी संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका पिता कुल बहादुर श्रेष्ठको ९० वर्षको उमेर मंगलवार साँझ निधन भएको हो ।

केही वर्षदेखि मुटुरोगले ग्रस्त पिताको प्यूठान, ऐरावती गाउँपालिका– ४ अर्लावाङस्थित पुख्र्याैली घरमा निधन भएको श्रेष्ठले जानकारी दिए । ८८ वर्षीया श्रीमति र ५ भाइ छोराका पिताको निधनपछि बुधवार प्यूठानमैं दाहसंस्कार गरिने श्रेष्ठले जानकारी दिए ।