चट्कारेमा केकको स्वाद

नेपालगन्जमा फनपार्कसहितको रिसोर्ट योजनामा करोडौ लगानी गरिरहेको मेरो प्लानेटले त्रिभुवन चोकको चट्कारे मार्फत नयाँ स्वाद पस्किएको जनाएको छ । नेपाल, भारत र बंगलादेशमा चर्चित स्वादका मिठाईका नेपालगन्जमैं उपलब्ध गराउने भन्दै त्रिभुवन चोकमा सञ्चालन गरिएको चट्कालेमैं केकको उत्पादन पनि शुरू गरेको हो । चटकारेको मिठाई र नास्ता कम समयमै निकै लोकप्रिय हुन पुगेकाले केक एण्ड बेकरी सेवाको योजना अगाडी बढाइएको सञ्चालक कम्पनिका प्रवन्ध निर्देशक डा. ओम मिश्र बताउँछन् ।


‘ यतिबेला केकका पारखीहरुलाई चटकारेले केकको स्वाद चखाइरहेको छ,’ डा. मिश्र भन्छन्, ‘केक बेकिंग गर्दा केकको बेसलाई नरम, रसिलो र फ्लफी बनाउन विषेश ध्यान दिइएकोले होला उत्साहजनक प्रतिक्रिया आइरहेको छ ।’ चट्कारेका अनुसार, विभिन्न देशका पांचतारे होटलहरूमा काम गरी नेपाल फर्केका अनुभवी शेफहरूद्वारा केकको उत्पादन भइरहेको छ । ‘मिठाइमा आएको रेस्पोन्सले केकतर्फपनि उत्साहित बनाएको छ,’ डा. मिश्रले भने ।

प्रतिक्रिया

प्रतिक्रिया