नेपालगन्जको कारकाँदोमा बेनेली मोटरसाइकलको अधिकृत बिक्रता एसके मोटर्सले बुधबारबाट शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणा गरेका थिए ।
शोरुमका सञ्चालक किरण श्रेष्ठका अनुसार, बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । १९११ देखि नै मोटरसाइकलका पारखी बीच बैग्लै पहिचान बनाएको बेनेली मोटरसाइकलहरू युवा माझ लोकप्रिय रहेको छ । ‘सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि बेनेली उत्कृष्ट रोजाई हो’, कम्पनीले भनेको छ ।
नेपालगन्जमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको रहेको बताइएको छ । एसके मोटर्सले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ । जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पुर्याउनेछ । कम्पनीको अनुसार, आकर्षक कलरमा रहेका मोटरसाइकलका ७ वटा मोडेलहरुमा दुई बर्षको इन्जिन वारेन्टी रहेको छ ।
बेनेली मोटरसाइकल नेपालका महाप्रबन्धक किरण र सौरभका अनुसार, बेनेली मोटरसाइकल शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो । जसले स्वामित्वको किफायती लागतको साथ प्रिमियम इटालेली अनुभव प्रदान गर्ने उनीहरु बताउँछन् ।