नेपालगन्जमा ‘फुड फेस्टिभल’ तयारीमा तिब्रता


मूल आयोजक समितिसँगै उपसमिति बनाइयो


पहिलोपटक नेपालगन्ज खानाको सडक उत्सव गर्न लागिएको छ । ऐतिहासिक नगरी नेपालगन्जमा पहिलो पटक फागुन २३ गतेदेखि २५ गतेसम्म ‘नेपालगन्ज फुडफेस्टिभल’ आयोजना तयारी थालिएको हो ।
त्यसका लागि आयोजक होटल व्यवसायी संघ बाँकेको संयोजकत्वमा मूल समिति गठन गरि तयारी अगाडी बढाइएको अध्यक्ष भिमलाल कंडेलले जानकारी दिए । नेपालगन्जको सुर्खेतरोडमा आयोजनामा हुने फेस्टिभलको मुख्य उदेश्य पर्यटन क्षेत्रको प्रवद्र्धन तथा स्थानीय समुदायका परिकारहरुको पहिचान गर्नु रहेको उनले बताए ।
संघले तारे होटलहरुलाई समेत संगठित गरि स्तरिय खानाको उत्सव गर्ने जनाएको छ । विभिन्न छिमेकी देशका गुणस्तरीय परिकारहरु अत्यावश्यक उपभोग्य बस्तुहरुको प्रर्दशन गर्दे मौलिक ऐतिहासिक संस्कृतिको संरक्षण गर्न हुन लागेको फुड फेस्टिभलका बारेमा पत्रकार सम्मेलनको आयोजना गरी बिस्तृत सार्वजनिक गरिने बताइएको छ । नेपालगन्जका सबै तह र तप्काले आफ्नो महसुस गर्ने गरी आयोजकले रणनीति तयार गरिरहेको आयोजक मूल समितिका संयोजक कंडेलले बताए ।
तयारीकै क्रममा फुड फेस्टिभल भव्यतापूर्वक सम्पन्न गर्नका लागि शनिवार बसेको बैठकले संघका अध्यक्ष भिमलाल कँडेलको संयोजकत्वमा पाँच सय सदस्यीय मूल आयोजक समिति गठन गरेको हो । मूल आयोजक समितिको सदस्यमा पूर्व अध्यक्ष, पदाधिकारी लगायत प्रतिष्ठित अगुवा व्यवसायी रहेको फुड फेस्टिभलका प्रवक्ता डिलाराम शर्माले जानकारी दिए । शर्माका अनुसार, कँडेलकै संयोजकत्वमा बनेको स्टेरिङ्ग समितमा भाष्कर काफ्ले,नारद पुरी, दिपेन्द्र जोशी, केशव न्यौपाने, दिवाकर खनाल रहेका छन् ।
संरक्षकमा भाष्कर काफ्लेको संयोजकत्वमा सदस्यहरु जनार्दन पाण्डे, दिपेन्द्र जोशी, निमबहादुर थापा, मदन बिसी रहेका छन् । मन्च तथा स्टल व्यवस्थापन समितिमा दिवाकर खनाल, घनश्याम शर्मा, केशव न्यौपाने, दिपु गुप्ता, इन्द्र खड्का, राजकुमार बिक रहेका छन् । त्यस्तै पार्किगं व्यवस्थापन समितिको संयोजकत्वमा टेक नारायण सापकोटा र सदस्यमा लाक्पा शेर्पा, दयाराम ढकाल, यानु प्रसाद सुवेदी, प्रदिप बस्नेत, रामगोविन्द सोनी रहेका छन् । ‘नेपालगन्जलाई खाना र स्वादको सहरका रुपमा यस उत्सवले स्थापित गर्ने लक्ष्य लिएका छौं,’ कंडेलले दैनिक नेपालगन्जसँग भने ।


कला तथा सांस्कृतिक समितिको संयोजकमा केशव न्यौपाने र सदस्यमा टेक नारायण सापकोटा लगायत छन् । प्रचार प्रसार उपसमितिमा डिलाराम शर्माको संयोजक र सदस्यमा लक्ष्मीराज शाही, दुर्गा बम, एकराज पाण्डे, निर्मला सन्जुवाल रहेका छन् । नुरी शेर्पाको संयोजकत्वमा सांस्कृतिक तथा झाँकी उपसमिति गठन गरिएको छ । उक्त उपसमितिको सदस्यमा टेकनारायण सापकोटा, लक्ष्मीराज शाही छ ।
त्यस्तै कोषाध्यक्ष टिकाराम खनालको संयोजकत्व र दिवाकर खनाल, केशव न्यौपाने, सुरेन्द्र श्रेष्ठ , टोपबहादुर थापा सदस्य रहेको आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ । स्वास्थ्य खानेपानी आपूर्ती समितिको संयोजकमा एकराज पाण्डे रहेका छन् । रामबहादुर लिम्बुको संयोजकत्वमा बनेको सुरक्षा व्यवस्थापन उपसमितिमा खुमानन्द काफ्ले, केशव कुवँर योगी सदस्य छन् । अतिथि सत्कार उपसमितिको संयोजक निर्मला सज्जुवाल रहेको छन् भने सदस्यमा दुर्गा बम, हिरा गुरुङ्गं, निरु थापा रहेका छन् । प्रेम बहादुर शाह संयोजक र जनार्दन पाण्डे, इन्द्र खड्का सदस्य रहेको सचिवालय समिति गठन भएको प्रवक्ता डिलाराम शर्माले जानकारी दिएका छन् । भाष्कर काफ्ले सहितको पूर्व अध्यक्षहरु सम्मिलित संरक्षक समिति पनि बनाइएको संयोजक कंडेलले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया