भारतीय मुद्रण उद्योग व्यवसायीहरुको नेपाल यात्रा

नेपालगन्ज – भारतका मुद्रण उद्योग व्यवसायीहरुको एक टोली नेपाल भ्रमणको क्रममा नेपालगन्ज आइपुगेका छन् । नेपाल मुद्रण उद्योग संघ, बाँकेको संयोजन तथा नेपाल मुद्रण उद्योग महासंघकी केन्द्रीय सदस्य मीना सुवेदी ढकालको अग्रसरतामा उक्त टोलीलाई नेपालगन्जमा भव्य स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरियो ।


नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ७ का दाहालको अगुवाई तथा अल इण्डिया फेदरेसन अफ माष्टर प्रिन्टर्सका पूर्व अध्यक्ष तथा पामेक्सका अध्यक्ष प्रोफेसर कमल चोपराको नेतृत्वमा धनगढीदेखि काठमाडौंको लागि हिंडेको प्रिन्ट यात्राको क्रममा बाँकेका मुद्रण व्यवसायीहरुसंग भेटघाट गर्ने क्रममा नेपालगन्जमा आइपुगेको महासंघका केन्द्रीय सदस्य मीना सुवेदी ढकालले बताए ।


उक्त अवसरमा प्रोफेसर कमल चोपराले भारतको मुम्बईमा सन् २०२० जनवरी ६ देखि ९ गतेसम्म हुने अन्तर्राष्ट्रिय प्रिण्टिङ मेला तथा एलाइड मेशिनरी इण्डष्ट्रीजको प्रदर्शनीको प्रवद्र्धन र प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको जानकारी दिए ।


महासंघकी केन्द्रीय सदस्य मीना सुवेदी ढकालले नेपालका मुद्रण व्यवसायीहरुले यो अन्तर्राष्ट्रिय प्रिण्टिङ मेला तथा एलाइड मेशिनरी इण्डष्ट्रीजको प्रदर्शनीमा सहभागी भएर व्यवसायिक फाइदा उठाउन आग्रह गरेका थिए । उक्त स्वागत तथा भेटघाट कार्यक्रमको प्रारम्भमा भारतीय टोलीलाई महासंघकी केन्द्रीय सदस्य मीना सुवेदी ढकाल र नेपाल मुद्रण उद्योग संघकी अध्यक्ष कुसुम बस्नेतले स्वागत गरेका थिए ।


कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तपेन्द्र विक्रम शाह, महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष मेघराज ओली, संघका वरिष्ठ सदस्य पूर्ण लाल चुके लगायत बाँके जिल्लाका करीब दुई दर्जन मुद्रण व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया