सप्ताहव्यापी वार्षिकोत्सव मनाउँदै सांग्रिला

नेपालगन्ज – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १५ औं स्थापना दिवस देशभर सप्ताहव्यापी रुपमा मनाउन थालेको छ । त्यसको पहिलो दिन नेपालगन्जमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । १५ वर्ष पुरा भई १६ वर्षमा प्रवेश गरेको अवसरमा साताभरि बिभिन्न कार्यक्रमको आयोजना गरिएको बैंकका नेपालगन्जस्थित क्षेत्रीय प्रमुख जयन्द्र खड्काले जानकारी दिए ।


शनिवार नेपालगन्जमा बैंकका अध्यक्ष अच्यूत प्रसाईले केक काटेर बैंकका कर्मचारीहरुसंग स्थापना दिवश मनाएका छन् । बैंकका कर्मचारीहरुको सहभागितामा बिहान नेपालगन्ज बसपार्कमा सरसफाई गरिएको जानकारी दिंदै क्षेत्रीय प्रवन्धक खड्काले दैनिक नेपालगन्जसँग भने, ‘आइतवार रक्तदान र यसैसाता बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग कार्यक्रम गरिंदैछ ।’


नेपालगन्जमा प्रधान कार्यालयमा रहेको बागेश्वरी विकास बैंक र पोखराको सांग्रिला विकास बैंक मर्ज भई सांग्रिला विकास बैंक बनेको हो । ५ वर्षअघि दुबै बैंक मर्ज भई २ अर्ब ६१ करोड चुक्ता पूँजी पु¥याएको सांग्रिलाले पछिल्लो वर्ष २३ अर्ब निक्षेप र साढे २१ अर्ब लगानी गर्न सक्षम भएको जनाएको छ । बैंकले आगामी वर्षमा अझ सशक्त रूपमा ग्राहक सेवामा समर्पित हुने प्रतिवद्धता समेत जनाएको क्षेत्रीय प्रबन्धक जयन्द्र खड्काले बताए । देशभर ९१ शाखा विरुतार गरिसकेको सांग्रिलाले पश्चिम क्षेत्रमामात्र २३ शाखा सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया