नेपालगन्ज
नेकपा डुडुवा गाउँपालिकाले फौजी किराको प्रकोपका कारण आहत किसानहरुलाई राहतका लागि गाउँपालिकाले वेवास्ता गरेको बताएको छ । नेकपा डुडुवाले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी किसान मर्कामा पर्दा पनि गाउँपालिकाले वेवास्ता गरेको आरोप लगाएको हो ।
गाउँपालिका क्षेत्रमा यसरी धानबालीमा फौजी किराको प्रकोप फैलिएको अवस्थामा गाउँपालिका स्तरबाट कुनै कार्यवाही अघि नबढाउनु र जनप्रतिनिधि समस्याप्रति मौनता प्रकट गर्नु दुःखद भएको नेकपा डुडुवाका अध्यक्ष सकिल खानले बताएका छन् । ‘फौजी किराले धानबालीमा पु¥याइरहेको क्षतिको रोकथामका लागि पूर्ण रुपमा गाउँपालिकाको कार्यालय सक्षम नरहेपनि समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल समेत नगर्नुले गाउँपालिकाको कार्यालय असक्षमता र गैरजिम्मेवार व्यवहार प्रकट गरेको हाम्रो ठहर छ’, अध्यक्ष खान र सचिव भोला प्रसाद यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा प्रकोपबाट पिडित अधिकाँश किसानको समस्या समाधान र लागत अनुसारको क्षतिपूर्तिका लागि तत्काल गाउँपालिकाको कार्यालयले सम्बन्धित निकायमा पहल थाल्न आग्रह समेत गरिएको छ ।
डुडुवा लगायत जिल्लाका विभिन्न पालिकाका किसानको पाकेर काट्ने तयार रहेको धानबालीमा फौजी किराले क्षति पुर्याएको थियो । धानबालीको बोटमै फौजी किरा लागेर धेरै नोक्सानी भइरहेको र कृषकलाई फौजी किराको प्रकोपले धेरै क्षति भएको प्रति नेकपा डुडुवाले ध्यानाकर्षण भएको जनाएको छ ।
‘कमिटीका पदाधिकारीहरु धानबालीको अनुगमनमा जाँदा पाकेको धानको बाला फौजी किराले काटेर खेतमा नष्ट गरेको पाइएको छ’, नेकपा डुडुवा अध्यक्ष खानले भने, ‘बिउदेखि रोपाई, गोडमेल एवं मलजल गरेर घर भित्रियाउने बेलामा यसरी फौजी किराको प्रकोपले ठुलो संख्याका किसानहरु समस्यामा परेका छन् ।’
नेकपा डुडुवाले फौजी किराको प्रकोप रोकथाम र कृषकलाई निराश हुन नदिन किसानको चाहना अनुरुप ५ प्रदेश सरकार र संघीय सरकारले तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ ।