व्यवसायीको तीज ज्येष्ठ नागरिकसँग

नेपालगन्ज
नेपालगन्ज जुत्ता÷चप्पल व्यवसायी संघले यस बर्षको तीज असहाय तथा ज्येष्ठ नागरिकहरुसँग मनाएका छन् । व्यवसायीहरुले नेपालगन्जको शान्ति नगरमा रहेको निल सागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा आश्रितहरुसँग तीज मनाएको संघका अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ जानकारी दिएका छन् ।

पर्वका बेला केन्द्रमा आश्रितहरुको मुहारमा खुशी ल्याउने उद्देश्यले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै औपचारिक कार्यक्रम तथा खाना खुवाउने कार्यक्रम गरिएको श्रेष्ठले बताएका छन् ।

डा. योगी विकासानन्दको समेत उपस्थिति रहेको कार्यक्रममा केन्द्रका पदाधिकारी, संघ सम्बद्ध पदाधिकारी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया