जन्मदिनको उपहारमा बिमालेख

नेपालगन्ज – हामी जन्मदिनको उपहार स्वरुप के दिन्छौं ? सायद केही विशेष उपहार , महँगा घडी , मोबाईल , सुनका गरगहना तथा स्कुटी , बाईक वा गाडि उपहार स्वरुप दिदै आएका छौँ र देख्दै पनि आएका छौँ ।

तर नेपालगन्जमा भने एउटा नयाँ दृश्य देखिएको छ । हामिले सधै जसो महँगा गाडी तथा भौतिक बस्तुहरु उपहार स्वरुप दिदै आएको वा देखि रहेको अवस्था भन्दा धेरै फरक नेपालगन्ज वडा नम्बर १३ का निवासी अमित श्रेष्ठले आफ्नो जीवन संगिनि अनन्या गुरुङलाई जन्म दिनको अवसरमा उपहार स्वरुप १५ लाख रुपैयाँको जीवन बिमा पोलेसी प्रदान गरेका छन् ।

मन्जुश्री फाइनेन्सका शाखा प्रमुख समेत रहेका उनले जन्मदिनको दिन अरु कुनै गिफ्ट दिनुको सटो भबिस्यको लागि बचत र सुरक्षा पनि हुने र जीवन बिमा प्रतिको बुझाइलाई धेरैले नबुझेले पनि जिबन बिमा प्रती आकर्षित हुन नसकेको अवस्थामा यो कदमले सकारात्मक संदेश प्रवाह समेत हुने भएकाले जीवन संगिनीको जन्मदिनको अवसरमा बिमा पोलेसी प्रदान गरिएको श्रेष्ठ बताउछन् ।

जन्मदिनको कार्यक्रममा विशेष उपहार स्वरुप जीवन बिमा प्रदान गरिएको सम्भवत नेपालमै पहिलो घटना हुन सक्ने युनियन लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक नारायण पँगेनीले बताएका छन् ।
त्यस्तै युनियन लाइफ इन्स्योरेन्सका नेपालगन्जका शाखाका प्रमुख हेमन्त शाहिले यो घटना बिमाको क्षेत्रमा एउटा उत्प्रेरणात्मक कार्य भएको जिकिर गरेका छन् ।

‘विभिन्न कालखण्डमा नेपालमा सकृय रहेको नेटवर्किङ व्यवसायले गलत संदेश दिएको कुरालाई जीवन बिमा संग तुलना गर्ने र संदेह गर्ने परिपाटीको बिकास भएको अवस्थामा अमित श्रेष्ठले दिनुभएको उदाहरण एकदमै सराहनीय छ, यसले जीवन बिमा प्रती रहेका केही नकारात्मक बुझाइको अन्त्य हुने बिश्वास समेत लिएको छु ‘ शाहीले बताए ।



प्रतिक्रिया

प्रतिक्रिया