नेपालगन्ज भन्सार कार्यालयबाट भने अर्बौको तरकारी आयात भइरहेको छ । भन्सार कार्यालय नेपालगन्जका अनुसार भारतबाट सबैभन्दा बढि आलु आयात हुने गरेको छ । यस वर्षको श्रावणदेखि हालसम्म १ अर्ब बढिको आलु मात्रै जमुनाहबाट नेपाल भित्रिएको छ ।
यस वर्षको श्रावणदेखि वैशाख २५ गतेको तथ्यांक अनुसार, १ अर्ब १३ करोड १२ लाख ६९ हजारको आलु मात्र नेपालगन्ज भित्रिएको छ ।
भन्सार कार्यालय नेपालगन्जका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले आलुसंगै गोलभेडा, प्याज, लसुन, हरियो सागसव्जी, केराउ, बोडी, सिमी, मसुरीको दाल सबैभन्दा वढि आयात भइरहेको जानकारी दिए । उनका अनुसार, यो अवधीमा गोलभेडा २ करोड ७४ लाख १५ हजार, प्याज २७ करोड १५ लाख ५५ हजार, लसुन ४५ लाख ६१ हजार, हरियो सागसब्जी २ करोड, ४६ लाख ८३ हजार नेपाल भित्रिएको छ । त्यस्तै गेडागुडी पनि धेरै मात्रामा नेपाल भित्रिने गरेको छ ।
केराउ २ करोड ४ लाख ४६ हजार, बोडी ४१ करोड ९८ लाख ९५ हजार, सिमी ७८ लाख २ हजार र मसुरीको दाल २९ लाख २३ हजारको नेपाल आयात भएको तत्थ्यांक छ । यसबाट भन्सार कार्यालयले १९ करोड ३१ लाख १३ हजार कुल राजश्व संकलन गरेको छ । यो त नाकाबाट भित्रिंदा कृषि सेवा शुल्कबापत ५ प्रतिशत रकमबाट संकलन भएको रकम मात्र हो ।
अवैध रुपमा लाखौको तरकारी दैनिक भित्रिंने गरेको छ । ठुलो परिमाणको तरकारी ल्याउँदा मात्र भन्सार गर्ने गरिएको छ । छिटपुट रुपमा नेपालमा तरकारी भित्रिरहेकाले लाखौको राजश्व चुहावट भइरहेको छ ।