न्यू इयर इभ गर्दै सिद्धार्थ

नयाँ बर्षको स्वागतमा नेपालगन्ज स्थित स्तरीय होटलहरुले सांगीतिक कार्यक्रम गर्ने भएका छन् । होटलहरुले नयाँ बर्षका अवसरमा सेवाग्राहीहरुको मनोरञ्जनका लागि सांगीतिक कार्यक्रम गर्न लागेको हो । कतिपय होटलहरुले छुटको व्यवस्था समेत गरेका छन् ।

 
नेपालगन्ज स्थित होटल सिद्धार्थले पनि आज शनिबार आफ्ना ग्राहकहरुका लागि विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ । ‘न्यू इयर इभको आयोजना गर्न लागेका हौं’, होटल सिद्धार्थका निर्देशक केशव न्यौपानेले भने, ‘चर्चित गायक मन मगनका दिपक बज्राचार्यको टोलीलाई सांगीतिक कार्यक्रमका लागि निम्त्याएका छौं ।’

 
सिद्धार्थले विभिन्न अवसरहरुमा यसअघि देखि नै सांगीतिक प्रस्तुति राख्दै आएको छ । ‘आफ्नै नयाँ बर्षलाई अझ विशेष र भव्य बनाउने तयारी गरेका छौं’, निर्देशक न्यौपानेले भने, ‘शनिबार सेवाग्राहीले सांगीतिक कार्यक्रम सँगै विशेष परिकारहरुको आनन्द लिंदै नयाँ बर्षको स्वागत गर्न सक्नुहुनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया