यशोदा फुड्सको शैक्षिक अभियान

यशोदा फुड्स प्रा.लि.ले आइतबार धम्बोझी माविका विद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रा.लि.ले प्रतियोगिता सँगै एक विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेको छ ।
बेरोजगारी समस्या समाधानका लागि चाउचाउ उद्योगको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा विद्यालयका कक्षा सात देखि कक्षा दश सम्मका अठार जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमशः १ हजार ५ सय, १ हजार, ५ सय र ३ सय सहित प्रमाणपत्र सँगै करेन्ट, लाली चाउचाउ १÷१ कार्टुन, कपी, टिसर्ट पुरस्कार स्वरुप प्रदान गरिएको थियो । त्यसक्रममा कक्षा ८ मा अध्ययनरत् विद्यार्थी सचिन काँदुलाई छात्रवृत्ति स्वरुप ५ हजार नगद पनि प्रा.लि.ले प्रदान गरेको थियो ।
यशोदा फुड्स प्रा.लि.का जनसम्पर्क अधिकृत सरस्वती वश्यालले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतियोगिता आयोजना गरेको जानकारी दिइन् । ‘व्यवसायिक प्रतिष्ठानहरुले मुनाफा मात्रै कमाउँदैनन् सामाजिक उत्तर दायित्व पनि निर्वाह गर्छन्’, उनले भनिन् । कार्यक्रममा विद्यार्थीहरुलाई चाउचाउ खाने विधि पनि सिकाइएको थियो ।
कार्यक्रमका सभापति देव्यानी अधिकारी, विद्यालयका सहायक प्रधानाध्यापक पूर्ण बहादुर शाहीले सही मात्रा र तरिकाले चाउचाउ खाँदा त्यसले नकारात्मक असर नगर्ने बताएका थिए ।

 

कम्पनीका तर्फबाट क्षेत्रीय बिक्री प्रबन्धक भुपाल मान बिष्टले आफ्ना भनाइहरु राख्दै यशोदा फुड्स सदैव बिद्यार्थीहरुको भविष्य प्रति सचेत रहेको जानकारी गराए । कम्पनीका अधिकृत बिक्रेता थल बहादुर वली, कम्पनी प्रतिनिधि हिक्मत ढकाल, सृष्टि शाक्य, सुरज पुन टपेन्द्र रावलले बिद्यालयलाई मायाको चिनो प्रदान गरेका थिए । सृजना बडुवालले सञ्चालन गरेको कार्यक्रममा स्वागत पंकज बडुवालले गरेका थिए । प्रा.लि.ले आज सोमबार राँझा स्थित आदर्श माविमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दैछ । क्षेत्रीय बिक्री प्रबन्धक विष्टका अनुसार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले कम्पनीबाट विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया