ओली टेर्ड लिंकमा ‘एमआइ’

१३ हजारदेखि ३१ हजार मूल्यसम्मका विभिन्न चार वटा नयाँ मोडेलका एमआइ ब्राण्ड लन्च गरिएको हो


नेपालगन्जमा भारतको चर्चित स्मार्ट फोन एमआइ मोबाइल ओली टे«ड लिंकले बजारमा ल्याएको छ । बुधबार नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनका अध्यक्ष समेत रहेका ओली टे«ड लिंकका प्रबन्ध निर्देशक चिरञ्जीवि ओलीले एमआइ ब्राण्डका विभिन्न मोडेलहरु लन्च गरेका हुन् ।

 


१३ हजारदेखि ३१ हजार मूल्यसम्मका विभिन्न मोडेलहरु लन्च गरिएको नेपाल मोबाइल वितरक संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका ओली टे«ड लिंकका प्रबन्ध निर्देशक चिरञ्जीवि ओलीले जानकारी दिए । उनका अनुसार, नेपालगन्जमा बुधबार लन्च गरिएका रिड मि सिक्स ए देखि एटु मोडेलका विभिन्न चार वटा मोबाइल बिक्रीका लागि बजारमा उपलब्ध गराइएको हो ।

 

 

‘एमआइ ब्राण्डले भारतमा एकलौटी २९ प्रतिशत बजार ओगटेको छ’, टेली डाइरेक्ट प्रा.लि.का सेल्स म्यानेजर जीवन अधिकारीले भने । मार्केटिङ्ग म्यानेजर किरण एमसीका अनुसार, लन्चिङ्ग लगत्तै नेपालगन्जका विभिन्न मोबाइल शपहरुमा एमआइका चार वटै मोडेल बिक्रीका लागि पुर्याइ सकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया