नेपालगन्ज – बिजया दशमीको दस दिनसम्म पुजा गरेको दुर्गा मुर्तीको बुधबार बिदा गरिएको छ । बाँके जिल्लाको राप्ती , मानखोला तथा भदाह खोलामा बाजागाजा सहित हजारौं दुर्गा मुर्तीको बिदाई गरिएको छ ।
बडादसैँमा पूजा गर्नका लागि टोल तथा गाउँ ठाउँमा स्थापना गरिएको दुर्गाको मूर्तिलाई बुधबार स्थानीबासीहरुले पायक पर्ने नजिकैको नदी तथा तलाउमा लगेर विसर्जन गरेका हुन् । बाँकेको राप्ती खोलामा मुर्ती विसर्जन गर्न दसौं हजारको संख्यामा धर्मावलम्बी पुगेको खजुरा उद्योग बाणिज्य संघका सचीव विवेक प्रताप मल्लले बताए ।
त्यस्तै खजुराको मानखोलामा समेत ठूलो संख्यामा धर्मावलम्बीले दुर्गा माताको विसर्जन गरेका छन् । दुर्गा मुर्ती बिसर्जनको साईत टीका अगाडि भए पनि टिकाका कारण विजया दशमीको भोलिपल्ट अर्थात बुधबार दुर्गा मुर्तिको विसर्जन गरिएको छ ।
तस्वीर सौजन्य : तिलक वीर सुनार / विवेक प्रताप मल्ल



















