नेपालगन्जमा नेवारी संस्कृतिलाई जगेर्ना गर्दै नेवारी खानाको प्रवद्र्धनका लागि भन्दै मतिना नेवारी रेष्टुरेन्टले ‘टिकटक च्यालेन्च’ सार्वजनिक गरेको छ ।

विहीवार पत्रकार सम्मेलन गरि मतिनाका सञ्चालक सन्जय श्रेष्ठले बडादशै घटस्थापनादेखि शुभ दिपावली लक्ष्मीपुजा सम्म आफ्नो रेष्टुरेन्टमा तयार गरिने ‘टिकटक’ लाई च्यालेन्जमा समावेश गरिने जानकारी दिए । ‘ती टिकटकलाई दर्शकले गर्ने माया अर्थात, भ्यूज, लाइक कमेन्टका आधारमा सर्वाधिक हुनेलाई नगद १० हजार रुपिया पुरस्कार दिइनेछ,’ श्रेष्ठले भने ।
मतिनाले आज शुक्रवार ‘द झिल्के एण्ड कम्पनी’ को सांगीतिक प्रस्तुति गर्दैछ । हरेक बुधवार प्रत्यक्ष सांगीतिक कार्यक्रम पस्किँदै आएको मतिनाले राजधानी काठमाडौंबाट झिकाइएको व्याण्डको प्रस्तुति पहिलो पटक दिन लागेको हो । ‘टेबल रिजर्वेशन गरेर नेवारी खाजाको स्वाद र सांगीतिक मनोरन्जन लिने व्यवस्था मिलाइएको छ,’ सञ्चालक श्रेठले भने ।
दशै पर्वको प्रारम्भमा उत्सवका रुपमा यसखालका कार्यक्रमहरु अघि सारिएको मतिनाले जनाएको छ ।
पत्रकार सम्मेलनकै अवसरमा पत्रकार समिरमान श्रेष्ठको जन्मोत्सव मनाइएको थियो । पत्रकारहरु माझ केक सेरेमोनी गरेर मतिनाले पत्रकार श्रेष्ठको जन्मोत्सव मनाएको हो ।