शनिबार नेपालगन्जमा भएको प्रथम प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा स्प्रिङडेल एकेडेमी नेपालगन्ज प्रथम भएको छ । प्याब्सन बाँकेको आयोजना भएको प्रतियोगितामा एञ्जल्स हाइस्कुल नेपालगन्ज दोस्रो र लिटिल एन्जल्स कोहलपुर तेस्रो भएका थिए । प्रतियोगितामा प्रथम स्प्रीङ्गले प्रथम हुँदै १० हजार रुपैयाँ जितेको छ । प्रतियोगितामा एन्जल्स हाइस्कुल दोस्रो र लिट्टिल एन्जल्स कोहलपुर तेस्रो भए । दोस्रो र तेस्रोलाई क्रमशः ७ हजार र पाँच हजार रुपैयाँ प्रदान गरियो ।
प्याब्सन बाँकेका अध्यक्ष यम रावतको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्ट प्रमुख अतिथि, जिल्ला शिक्षा समन्वय अधिकारी राम सुरेश यादव, प्याब्सन केन्द्रीय सदस्य सुनिल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
प्याब्सन बाँके अध्यक्ष रावतले स्प्रिङ डेल प्रथम भएसँगै लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएको जानकारी दिएका छन् । उनले आगामी भदौ १० गते हुने उक्त प्रतियोगितामा बाँकेको प्रतिनिधित्व स्प्रिङडेलले गर्नेछ ।











