यौनिकता शिक्षा तालिम

नेपालगन्ज
यौनिकता शिक्षाको ज्ञान, बाल प्रेम विवाह ,बाल विवाह न्युनिकरणका लागि बाँकेमा यौनिकता शिक्षा सम्बन्धि तालीम सुरु भएको छ । त्रिवेणी विकास समाज बाँकेको आयोजना, संस्थागत विकास संजालको समन्वय र किन्डर मिसनवर्क जर्मनीको आर्थिक सहयोगमा बुधवार देखि “शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई बृहत यौनिकता शिक्षा सम्बन्धि २ दिने तालिम” सञ्चालन भएको हो ।


तालीममा जानकी गाउँपालिकाको वडा नं. ३ मा रहेको जानकी मा.वि., वडा नं. ४ बन्जारेगाउँमा संचालित श्री आधारभुत विद्यालय र वडा नं ६ गनापुरमा संचालित श्री ने.रा.मा.वि. भाटनपुरका शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी गरी १५ जनाको सहभागिता रहेको छ ।


तालिमको उद्घाटन शत्रको अध्यक्षता त्रिवेणी विकास समाजका कार्यकारी व्यवस्थापक सन्तोष कुमार यादवले गरेका थिए भने प्रमुख आतिथ्यता जानकी गाउँपालिकाको अध्यक्ष श्री राम निवास यादवको रहेको थियो ।


उद्घाटन शत्रमा संस्थागत विकास संजाल ललितपुरका रणनितिक सल्लाहकार श्री बालकृष्ण महर्जन, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख श्री राम सुरेश यादव, जानकी गाउँपालिका सल्लाहकार किशोर थापा र प्रशिक्षक प्रकाश कार्कीको आतिथ्यता रहेको थियो ।
तालिमको उद्घाटन शत्रमा अतिथिहरुलाई स्वागत तथा उद्देश्यको बारेमा सर्वाङ्गीण विकासका लागि महिला तथा बालिकाहरुको सशक्तिकरण परियोजनाको परियोजना अधिकृत पतिराम थारुले प्रकाश पारेका थिए ।


जसमा शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको क्षमता अभिवृद्धि गरेर किशोर र किशोरीहरुलाई उमेर अनुसारको बृहत्तर योनिकता शिक्षा दिनका लागि सक्षम बनाउनु यस तालिमको उद्देश्य रहेको बताएका थिए ।


उद्घाटन शत्रमा बोल्दै संजालका बालकृष्ण महर्जनले समुदायमा बृहत यौनिकता शिक्षाको ज्ञान, बाल प्रेम विवाह बाल विवाह न्युनिकरण अभियान अपरिहार्य रहेको र यसका लागि समुदायका हरेक अंगहरुमा त्यसबारे सचेतिकरणको आवश्क रहेको कुरा औल्याए ।


यसै विच शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख राम सुरेश यादवले विद्यालयको शिक्षण सिकाईमा यो तालिम सहयोगी हुनेमा आफु विश्वस्त रहेको बताउदै सामुदायिक विद्यालयका अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु तथा शिक्षकहरुले बच्चाहरुलाई समय सापेक्ष शिक्षा दिनुपर्नेमा जोड दिए ।


जानकी गाउँपालिका सल्लाहकार किशोर थापाले बाल विवाह र यसका नकारात्मक असरहरु र त्यसका प्रभाव समुदायमा व्याप्त रहेकोले ज्ञानको प्रमुख केन्द्रविन्दुको रहेको विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरुलाई सो सम्बन्धि ज्ञानको माध्यमबाट बढी भन्दा बढी जिम्मेवार बनाउने कुरामा जोड दिएका थिए ।


यसै विच उद्घाटन शत्रका प्रमुख अतिथि जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवले बाल विवाहले के कस्ता हानि पु¥याउछ त्यसको बारेमा समुदाय सचेत हुन आवश्यक रहेको कुरा औंल्याउदै जानकी गाउँपालिकाले किशोरकिशोरीहरुलाई अगाडी बढाउनका लागि विशेष कार्यक्रमहरु लागु गर्ने कुरा बताएका थिए ।


तालिमको उद्घाटन शत्रको समापन गर्दै त्रिवेणी विकास समाजका कार्यकारी व्यवस्थापक सन्तोष कुमार यादवले परियोजनाको मुख्य लक्ष्य बाल विवाह मुक्त समाजको निर्माण रहेको कुरा बताउदै स्थानीय तह, शिक्षक, अभिभावक, विद्यार्थी, समुदायका अगुवा, पुलिस तथा सरोकारवालाहरुको भुमिका अपरिहार्य रहेको बताए । उद्घाटन शत्रको सञ्चालन कार्यक्रम त्रिवेणी विकासका कर्मचारी मिश्रीलाल यादवले गरेका थिए ।


तालिममा बृहत यौनिकता शिक्षाको परिचय, सम्बन्ध तथा परिवारका सदस्यहरुको दायित्व, यौनिकता सम्बन्धि व्यक्तिगत मुल्यमान्यता, यौनिकता, लैङ्गिकता र आम सञ्चार, मानव प्रजनन प्रणाली, तीनको बनोट र कार्य, यौनिकता शिक्षा, यौनावस्था, शारिरिक सुन्दरताप्रतिको धारणा र त्यसको प्रभाव, यौनिक व्यवहार, अनिच्छित गर्भधारणको रोकथाम, यौनजन्य संक्रमण र एचआईभी, बाल विवाह न्युनिकरण र बृहत यौनिकता शिक्षा प्रवद्र्धनमा शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको भुमिका आदि विषयमा छलफल गरिने कुरामा छलफल गर्ने कुरा त्रिवेणी विकास समाजका परियोजना अधिकृत पतिराम थारुले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया