बर्दियाको ठाकुरद्वारामा नेचर गाइड तालिम

ठाकुरद्वारामा ७ दिने नेचर गाइड तालिम सम्पन्न, पर्यापर्यटन विकास प्रर्वधन, स्थानीय स्तरमै प्रकृति पथ प्रदर्शक उत्पादन हुने विश्वास

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ ठाकुरद्धारामा सात दिने नेचर गाइड तालिम सम्पन्न भएको थियो । लुम्बीनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय पर्यटन विकास परिषदको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा सुरु भएको तालिम आज सम्पन्न भएको छ।

पर्यापर्यटन विकास प्रर्वधन, प्रकृति पथ प्रदर्शक उत्पादन गर्नुका साथै स्थानिय स्तरमै पर्यटन व्यवसायबाट आर्थिक रुपमा सक्षम बनाउने उदेश्यका साथ सुरुवात गरिएको तालिममा बर्दिया र बाँकेका गरि ४५ जनाको सहभागिता रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका उमेश पौडेलले जानकारी दिनुभयो । प्रकृति संरक्षण संर्वधन, प्रर्वधन गर्ने उदेश्यले तालिम संचालन गरिएको उहाँले बताउनुभयो । 

नेचर गाईड तालिम विभिन्न समयमा संचालन गर्दै प्रकृति पथ प्रदर्शकहरु उत्पादन गरिदै आएको बताईएकोे छ । ७ दिनको अवधिमा विभिन्न विषयमा प्रकृति पथ प्रदर्शकहरुका लागि प्रकृति तथा पारिस्थितीकीय प्रणलीका अन्य विभिन्न विषयबस्तु सम्बन्धी प्रशिक्षण दिइएको छ । 

नेचर गाईड तालिममा सहभागि हुनु भएका बर्दिया ठाकुरबाबा नगरपालिका ९ का गौरव योगीले नेचर गाईड तालिमले प्रकृतिलाई मायाँ गर्ने पथ पर्दशकहरु उत्पादन गर्नमा ठुलो योगदान पुर्‍याउने बताउनुभयो । उहाँले प्रकृति प्रति धेरै लगाव बढ्ने र  पथ पर्दशक प्रति मोह बढ्ने बताउनुभयो । उहाँले यो कार्यक्रम आगामी दिनमा अनिवार्य रुपमा समयसमयमा संचालन गर्नुपर्ने र यसले स्थानिय स्तरमा नै आम्दानीसंगै प्रकृति मात्र नभई संस्कृति समेत जोगाउन मद्दत पुग्ने बताउदै तालिम एकदमै लाभदायिक भएको उल्लेख गर्नुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. असोक कुमार रामले प्रकृति संरक्षण संर्वधन र प्रर्वधन गरि नेचर अर्थात प्रकृतिमा नै रमाउन नेचरलाई नै आय आर्जससंग जोड्नु पर्ने बताउँदै संरक्षणका विषयमा जोड दिनुपर्ने बताउनुभयो ।

समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा लुम्बीनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले प्रकृतिको संरक्षणलाई जोड दिनुपर्न बताउँदै तालिममा सिकेका अनुभव व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । 

यस्तै ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विना कुमारी भट्टराईले आगमी कार्यकालको शुभकामना व्यक्त गर्दै जैविक विविधता र संस्कृतिलाई पर्यटन व्यवसायसंग जोड्दै आम्दानी गर्नुपर्ने बताउनुभयो । यस्ता अवसरलाई प्रथामिकता दिनुपर्ने बताउँदै नगरपालिकाबाट इन्स्युर परियोजना अन्तर्गत १० महिने कुक तालिम संचालन गर्न लागिएको उहाँले बताउनुभयो । तालिमको सहजिकरण रविन बहादुर केसि, राम बहादुर शाही र उमेश पौडेलले गर्नुभएको थियाे ।

लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिना, ठाकुरबाबा नगरपालिकाकि उपप्रमुख विना भट्टराई,  बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर असोक कुमार राम, लुम्बीनी प्रदेश पर्यटन विकास परिषदका कार्यकारी अधिकृत रामु जोशी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाङफेको आतिथ्यता रहेको थियो ।

यसैगरी चाेरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त प्रसाद आचार्य, पर्यापर्यटन विकास मन्चका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, बर्दिया प्रकृति संरक्षण क्लवका अध्यक्ष राजन चाैधरी, नागाका प्रतिनिधि रामचरण चौधरी, वेस नेपालका कार्यकारी निर्देशक चुर्ण प्रसाद चौधरी, हान बर्दिया च्याप्टरका अध्यक्ष मोहन लाल चौधरी लगायतको सहभागिता रहेकोले जानकारी दिनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया