बसन्त गिरी
बर्दिया निकुञ्जसित जोडिएको सुर्खेतको वराहताल गाउपालिका–३, राजकाडाका रणबहादुर बुढा २०६७ साल अघि शिकारी थिए । उनी जस्तै गाइनेकाँडा, लेकगाउ, तेलपानीमा पनि शिकारीको विगविगी थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जका बन्यजन्तु मार्ने र बेचेर जिविकोपार्जन गर्दै आएको उनीहरुले चिसापानी, भुरिगाउ“ र सुर्खेत जाने आउने शिकारी टे«ल प्रयोग गर्दथे । तर, २०६७ पुस १ गते निकुञ्ज प्रभावित सुर्खेतका बस्ती समेटेर मध्यवर्ती क्षेत्र घोषणा गरियो । त्यसपछि यहा“का युवालाई समुह मार्फत एकजुट गराएर संरक्षण शिक्षा प्रदान गर्न थालियो । उत्तरी क्षेत्रमा मध्यवर्ती सामुदायिक वन गठन गरियो र त्यसपछि यहा“का शिकारी शिकार छाडेर संरक्षणमा जुटे ।

आय आर्जनको मुख्य श्रोत रहेको बन्यजन्तु शिकार बन्द भएपछि रणबहादुर जस्ता ६८ जनाले बन्दुक बुझाएर संरक्ष्ँणमा सघाए । संरक्षण गाउ“ बिकास हुने र आयआर्जनका कार्यक्रम सञ्चालन हुने आश्वासन पाएपछि लेकगाउ“, नर्सिङका“डा, हर्रेका“डा, केलाडी लगायतका बस्ती पर्यटन प्रवद्र्धन र बन्जयन्तु संरक्षणलाई एकैसाथ लैजाने अभियान चलाए । जसको पहिलो लक्ष्य ६ दिने पदमार्ग निर्माण, होमस्टे स्थापना, पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धन थियो । २०७० साल देखि राष्ट्रिय प्रकृति संरक्षण कोष तथा बर्दिया राष्ट्रिय निकुञ्जको सहयोगमा विगतमा प्रयोग हुने शिकारी टे«ललाई पर्यटकीय पदमार्ग बनाइएको छ । कुनै बेला बन्यजन्तु शिकार गर्न र त्यसको मासु ओसार्न–बेच्न प्रयोग गरिने शिकारी ट्रेलमा अहिले संरक्षणकर्मी, बन्यजन्तुप्रेमी र पर्यटक हिड्छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाङ्फेका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती र चुरे क्षेत्रमा २ वटा पदमार्ग र एउटा हाइकिङ्ग निर्माण गरिएको छ । चिसापानी–राजकाडा–सुगरमाला–लेकगाउँ–तेलपानी–गाडाँपानी–काफलगौरा देखि हर्रे सम्मको ६१ किमीको पदमार्ग बनाइएको छ । ‘यो ६१ किमी लामो छ र ७ दिनको समय लाग्छ’ प्रमुख अजित तुम्बाहाङ्फेले भने । बाघ,गैडा, मृगहरु शिकार गरेर यहि बाटो शिकारीहरुले सुर्खेत सम्म छाला, खाँग र सुकुटी लैजान प्रयोग गर्ने उक्त टे«ललाई पर्यटकीय पदमार्ग बनाएर स्थानीयले आय आर्जन गर्दै आएका छन् ।
यसै गरि चिसापानी–राजकाडा–लेकगाउँ–तेलपानी–ढाँडवास सम्मको ३४ किमी सानो ट्रेकिङ्ग रुट पनि निर्माण भएको छ । बर्दिया निकुञ्ज घुमेर १ रात बास बस्ने हाइकिङ्ग समेत निर्माण गरिएको कोषका कार्यक्रम सहायक मनोज गौतम बताउछन् । ‘हामी विहान निकुञ्ज घुमेर दिउसो हाइकिङ्ग गर्दै ढाँडबास–हर्रेकाडा–तेलपानी बस्ने र अर्को दिन विहान तेलपानी बाट ढाँडबास झर्ने हाइकिङ्ग पनि निर्माण गरेका छौ’, उनले भने ।
संरक्षणमा लागेका शिकारीहरुलाई आयआर्जनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्त रुपमा विभिन्न कार्यक्रम समेत गरेको छ । कोषका कर्मचारी रामजी थापाका अनुसार चुरे रेन्जमा मात्रै ३४ वटा होमस्टे निर्माण गरिएको छ, १४ वटा सहकारी स्थापना र व्यवसायिक अदुवा, बेसार खेतीमा समेत लगानी गरिएको छ । ‘ट्रेकिङ्ग र हाइकिङ्गमा आउने पर्यटकहरुलाई त्यहिकै होमस्टेहरुमा राखिन्छ’, उनले भने ।
१ हजार देखि १३ सय मिटर अग्ला ति बस्तीहरुबाट गुराँस हिमाल रेन्ज, अपि हिमाल सजिलै देख्न सकिन्छ भने उत्तर तल सुर्खेत बजार र दक्षिणमा बर्दिया, कैलाली र चिसापानी पुल क्षेत्रका साथै कर्णाली नदीका भंगालोहरुको अवलोकन गर्न सकिन्छ । स्थानीय रैथाने परिकार काचो मकैको खीर, कोदो, सिस्नु, कन्दमूलहरु, रैथाने उखु, पहाडे मह, स्थानीय उत्पादित कफि र सिस्नुको रक्सीको स्वाद चाख्न पाइन्छ । पदमार्गका क्रममा पाटे बाघ, काठे भालु, बदेल चितुवा, मृग प्रजाती तथा विभिन्न प्रजातिका चराहरु देख्न पाइन्छ ।
सुर्खेत बराहताल तेलपानीका डम्बरबहादुर बडुवाल शिकारी टे«ल निकै रोमाञ्चक, जोखिमपूर्ण र प्राकृतिक रहेको बताउछन् । ‘जंगली जनावर, अग्ला चुरे पहाडका भीरको डर त छ तर त्यहाँबाट देखिने प्राकृतिक छटाको रोमाञ्च, रमणीय स्थल र स्थानीयबासीहरुको हार्दिकता र रैथाने संस्कृति, बसोबासले पर्यटकको मन जित्छ,’ उनले दैनिक नेपालगन्जसँग भने । अहिले बाघ लगायत बन्यजन्तु, चरा प्रेमी र जंगल सफारीको मुख्य गन्तव्य बन्दै गएको बर्दिया राष्ट्रिय निकुञ्ज संगै शिकारी ट्रेकिङ्ग रुट र मध्यवर्ती क्षेत्रका चुरेको टुप्पोमा रहेका पहाडे बस्ती अर्को पर्यटकीय गन्तव्य बन्दै गएको छ ।