बाँके प्रहरीद्धारा बृक्षरोपण

रुपनी जि एम

प्रकृति जोगाउने र वातावरण मैत्री बनाउने उद्येश्यले बाँके प्रहरीले वृक्षारोपण गरेको छ । ईलाका प्रहरी कार्यालय जयसपुर बाँकेको कम्पाउण्ड भित्र प्रहरीले शुक्रबार वृक्षारोपण गरेको हो । प्रहरी उपरीक्षक सुवासचन्द्र बोहाराको नेतृत्वमा शुक्रबार बिभिन्न प्रजातिका बोटबिरुवा रोपेर बृक्षरोपण गरिएको थियो ।

वृक्षारोपणमा सहभागी हुनुभएका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले प्रहरीको काम समाजमा केवल शान्ति सुरक्षा कायम राख्नका लागि मात्रै नभई वातावरण र पर्यावरण जोगाउनमा पनि उत्तिकै दायित्व रहेको छ भन्ने कुराको सकारात्मक सन्देश उक्त वृक्षारोपण कार्यबाट भएको बताउनुभयो ।

उहाँले प्रहरी मात्र नभई सबैले आफ्नो घर वरपरको खाली जग्गाामा मौसमी र बेमौसमी सबै प्रजातिका बोटविरुवा लगाउन सुझाव समेत दिनुभएको थियो ।

वृक्षारोपणका लागि डिभिजन वन कार्यालय बाँकले दुइसय वटा विभिन्न प्रजातिका बोटविरुवा प्रहरीलाई उपलब्ध गराएको थियो । प्रहरीको कार्य योजना अन्तर्गत रहेको उक्त वृक्षारोपणकार्यमा बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक, प्रहरी अधिकृत तथा जवानहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया