नेपालगन्ज कृपा हस्पिटलमा पहिलो पटक लेजरबाट पत्थरीको अपरेसन

नेपालगन्जमा रहेको कृपा हस्पिटल प्रा.लि.ले पश्चिम क्षेत्रमा पहिलो पटक लेजर विधिबाट पत्थरीको निदान सुरु गरेको छ । 
तत्कालीन मध्य र सुदूरपश्चिममै पहिलो पटक विना अपरेशन पत्थरीको उपचार सुरु गरिएको अस्पतालले जानकारी दिएको छ । 

लेजर विधिबाट पत्थरीको उपचार गर्दा शरीरको कुनै भाग चिर्नु नपर्ने डा. प्रविण कुमार गुप्ताले जानकारी दिएका छन् । ‘अन्य विधिबाट पत्थरी निकाल्न शरीरको अंग चिर्नुपर्छ तर लेजर विधिबाट अपरेशन आवश्यक हुँदैन’, डा. गुप्ताले भने, ‘विहान लेजर विधिबाट पत्थरी निकाल्दा साँझ बिरामी घर फर्कन सक्छ, अस्पताल नै भर्ना भएर बस्नु पर्दैन ।’ उनले शनिबार मात्रै अस्पतालमा दुई वटा पत्थरीका बिरामीको लेजर विधिबाट उपचार गरेको जानकारी दिए । 
डा. गुप्ताले मृर्गौला, मुत्रनली, पिसाब थैलीमा भएको पत्थरीको लेजर विधिबाट उपचार गर्न सकिने जानकारी दिए । ‘पछिल्लो समय पत्थरीका विरामी बढ्दै गएका छन्, यस्तोमा लेजर विधि बिरामीका लागि निकै सहज र प्रभावकारी भैरहेको छ’, उनले भने । 
डा. गुप्ताले खानपान, पानीको कम पिउने, शरीरको हर्मोन लगायत पत्थरीको कारक रहेको बताए । उनले अस्पतालबाट मृर्गौला, जनरल सर्जरी तथा हाडजोर्नी, महिला रोगको विशेषज्ञ सेवा प्रदान गरिरहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया