नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पार्टी प्रवक्ता प्रकाण्ड जाजरकोटको भुकम्प प्रभावित बस्ती नलगाडको चिउरी बस्तीबाट पार्टीको भुकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेका छन् ।

भुकम्पमा घर भत्केका एकल परिवार कले विकको घर पुनर्निर्माण गरि उद्घाटन गरेर अभियानको उद्घाटन गरेको पार्टी निकट जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
पार्टी द्वारा संकलित राहत सामग्री शुक्रबार जाजरकोट सदरमुकाममा जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गरि राति अबेर नलगाड पुगेका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरु संगको छलफल पछि शनिबार बिहान नलगाड आसपासका भुकम्प पिडितहरु संग भेटघाट गरी यो जटिल अफ्ट्यारोमा आफ्नो पार्टी जनतासँग संगै भएको बताएका थिए । नालगाड गाउँमा १३ जनाको भुकम्पमा परी मृत्यु भएको छ

गत कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले पिडीत भएका जाजरकोट र रुकुम पश्चिम जिल्लाका भुकम्पपिडितको राहत तथा उद्वारका लागि नेकपाका झण्डै डेढ सय नेता कार्यकर्ता नियमित राहत वितरण,उद्वार,स्वास्थ उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन लागिरहेका छन् ।
विप्लव र प्रकाण्ड आईतवार रुकुमका प्रभावित बस्ती जाने कार्यक्रम रहेको छ ।