भूकम्पपीडित परिवारलाई डुडुवाको राहत


जाजरकोट र रुकुम पश्चिमका भुकम्पपीडितहरुको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले राहत सामाग्री पठाएको छ ।
भुकम्प पीडितहरुको तत्काल राहतका लागि खाद्यान्न सामाग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

अध्यक्ष चौधरीका अनुसार चामल १५० बोरा, दाल २० बोरा, खाने तेल ३० पेटी, नुन ६ बोरा, सोयविन २० बोरा, डसना ३०० थान, तकिया ३०० थान, कम्बल १५० थानपठाइएको छ ।उक्त राहत सामाग्री जाजकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुलाई आज विहान पठाइएको गाउँपालिका काजिन्सी शाखा प्रमुख ऋषिराज गौतमले बताउनुभयो । उहाँकाअनुसार गाउँपालिकाका दुई जना प्राबिधिक विरु चौधरी र भियम्स चौधरीलाई पठाइएको छ ।

राहतका लागि पठाइएको सामाग्री गएराती मध्यरात सम्म तयारी गरि विहान एक वटा ट्रकमार्फत पठाइएको गाउँपालिका एमआइएस अपरेटर कौशल कुमार कैरातीले बताउनुभयो । उहाँका अनुसार भुकम्प पीडितका लागि जाजरकोट र रुकुम पश्चिमका एक सय ५० पीडित परिवारलाई राहत उपलब्ध गराइने छ ।

गाउँपालिकाले भुकम्पमा परि घाइते भएका विरामीहरुलाई उद्धार तथा अस्पतालसम्म पुर्याउनका लागिनिःशुल्कएम्बुलेन्स समेत पठाएको छ । गाउँपालिकाले शनिबार दुई जना चालक सहितको एक वटा एम्बुलेन्स जाजरकोट अस्पताल पठाएको अध्यक्ष चौधरीले बताउनुभयो । एम्बुलेन्सले अहिले घाइतेको उद्धार, आफन्तलाई सेवादिइरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया