हुलाक प्रमुख पाण्डले गरे जामुनका विरुवा वितरण

  

जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डेले शुक्रबार कार्यालय प्रमुखको वैठकका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थीत बांके जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई कार्यालय परिसरमा रोप्नको लागि उन्नत जातका दुई सयवटा जामुनका विरुवा निशुल्क रुपमा वितरण गर्नु भएको छ ।

पाण्डेले आफ्नो घरमा रहेको निजी नर्सरीमा यस वर्ष जामुनका बुटा हुर्काउनु भएको छ । तथा सफा,सुन्दर र समृद्व नेपाल अभियानका अभियन्ता उहांले आफ्नो घर आगनमाजामुनका बुटा रोप्नचांहने जो सुकैलाई पनिनिशुल्क रुपमाजामुनका विरुवा उपलब्ध गराईने बताउनु भएको छ । यसबाट हरियारी बृदिहुनुका साथै औषधीजन्य फलफूल उत्पादन समेत बढ्ने अपेक्षा उहांले गर्नु भएको छ ।

आउदा दिनमा बृक्षारोपण गरेर हरियालीमात्र भएर हुदैन नेपालमा अरबौ मूल्यका फलफूलहरु बिदेशबाट आयात गरिन्छ । फलफूलको आयात प्रतिस्थापन गर्नको लागि सबै तहका सरकारले खाली जमिनमा फलफूल बगैचा निर्माण गर्नुका साथै स्थानीयतहले एक घर पांच फलफूल जन्य विरुवा रोप्ने नीति दिनु पर्ने नीति अवलम्बन गर्नु पर्ने पाण्डेले बताउनु भयो ।

आफ्नो निजी नर्सरीमा प्रत्येकवर्ष बिभिन्न जातका फलफूलतथा जडीबुटी जातकाका बिरुवाहरु हुर्काउने तथा घर परिवारका सदस्यहरुको जन्मदिन तथा विभिन्नप्रकारका राष्ट्रिय दिवसहरुको अवसर मानि शुल्क वितरण गर्ने योजना रहेको उहांले बताउनु भयो ।

प्रतिक्रिया

प्रतिक्रिया