नेपाल सम्वत् र ऐतिहासिक तथ्य

पूर्णलाल चुके

कुनै पनि मुलुकमा संवत् भनेको समयलाई चिनाउने गणना हो । मानव जातिलाई समयको गणना आवश्यक हुन्छ । समयको गणना गर्ने आधार नै संवत् हो । नेपालमा धेरै संवत्हरु चलनचल्तीमा छन् । जस्तैः विक्रम संवत्, ईस्वी संवत्, शक संवत्, लिच्छवी संवत् आदि । नया“ संवत् चार तरिका र आधारमा चल्ने गरेको देखिन्छ । ती हुन्– १) कुनै विशिष्ट व्यक्तिको जन्म या मृत्युको दिनदेखि त्यसै दिनलाई आधार बनाएर, २) गरीब जनताले साहू महाजनस“ग लिएको सम्पूर्ण ऋण तिरी राज्यभित्र अब कसैको ऋण खाएको छैन भन्ने घोषणा गरिएको दिनलाई आधार बनाएर, ३) एउटा युग सिद्धिएर अर्काे युग शुरु भएको दिनलाई आधार बनाएर, ४) राज्यमा एउटावंश हटेर अर्काे शासकवंश स्थापना भएको दिनलाई आधार बनाएर ।


नेपाल संवत् भने माथिका चार आधारहरु मध्ये दोस्रो आधारमा चलाइएको संवत् हो । नेपालमा चलेका संवत्हरुमध्ये एउटा संवत् नेपाल संवत् पनि हो । नेपाल सम्वत् विक्रम सम्बत् भन्दा करीब ९ सय कम मानिन्छ । नेपाल सम्बत् कात्तिक महिनाको शुक्ल प्रतिपदाको दिनदेखि शुरु हुन्छ । प्राचीन समयमा विक्रम सम्बत् पनि कात्तिक महिनाबाटै शुरु भएको थियो । दक्षिण भारतमा अहिले पनि विक्रम सम्वत् कात्तिक महिनाबाटै शुरु गरिने प्रचलन छ भने नेपालमा बैशाख महिनाबाट शुरु हुन्छ ।


अहिलेसम्म उपलब्ध भएका अभिलेखहरुको आधारमा प्राचीन नेपालको इतिहासमा जुन सम्वत् सबभन्दा अगाडीदेखि प्रचलनमा रहेको पाइएको छ, त्यो शक सम्वत् भनेर मानिएको छ । यो सम्वत्लाई इतिहासकारहरुले पुरानो सम्वत् पनि भन्ने गरेका छन् । शक सम्वत् १८२५ अर्थात् वि.सं. १९६० सालमा प्रधानमन्त्री चन्द्र शम्शेरले गते सहितो सीर नाम गरेर विक्रम सम्वत्लाई सरकारी स्तरमा चालु गराए । तर सुन चा“दीका मोहरहरुमा भने श्री ५ पृथ्वी वीर विक्रमको राज्यकालको अन्त्यतिर वि.सं.१९६८ सालसम्म शक सम्वत् नै लेखिएको छ । शक सम्वत् १९३३ सालसम्मका असर्फी र मोहरहरु पाइन्छ । यसरी विक्रम सम्वत् सरकारी स्तरमा लागु गरिएको वि.सं.१९६० सालमा र चा“दी र सुनको टकमा पनि लागू गरिएको वि.सं.१९६० सालमै हो ।


नेपालको इतिहासका विभिन्न युगमा प्रचलित रहेका सम्वत्हरुको क्रम संक्षेपमा यही हो । मल्लकालीन अभिलेखहरु कुनै कुनैमा कलिगत वर्ष, विक्रम सम्वत्, शक सम्वत् र नेपाल सम्बत् चार वटा सम्वत् एकै साथ प्रयोग गरिएको पनि पाइन्छन् । नेपाल सम्वत् वि.सं.९३६ को शक सम्वत् ८१ साल कात्तिक शुक्ल प्रतिपदाको दिन शुरु गरिएको देखिन्छ । किल हर्न नामक एक विदेशी इतिहासविद्का अनुसार त्यो दिन ईस्वी सन् ८७९ सालको अक्टूवर २० तारिखमा परेको थियो । यो नेपाल सम्वत् भक्तपुरमा राजा आनन्द देव (वि.सं.९३०) र ललितपुर र काठमाण्डौंमा राजा राघवदेवले राज्य गरिरहेको बेला काठमाडौंका शंखधर साख्वाःले चलाएका थिए । को थिए शंखधर साख्वाः ? शंखधर साख्वाःका विषयमा धेरै जानकारी अहिलेसम्म पनि पाइसकिएको छैन । शंखधर जस्ता महान् र प्रसिद्ध व्यक्तिका
बारेमा सबै कुरा थाहा पाउनुपर्छ भनी इतिहासविद् र विद्वानहरु अनुसन्धान र अध्ययन गर्दैछन् । नेपाल संवत् र शंखधर साख्वाः का विषयमा चलेको किंवदन्ती यस्तो छ । नेपालमा पहिलो मल्ल वंशको शासन थियो । त्यसबेला काठमाडौं उपत्यकामा तीन राज्य र दुई राजा थिए । काठमाडौं र ललितपुर राज्यमा जयदेव मल्ल र भक्तपुरमा उनका भाइ आनन्द मल्लले शासन गर्थे । त्यसबेलाको भक्तपुरमा सिद्धिवन्त नामका एक जना प्रख्यात ज्योतिषी थिए । उनले एक दिन पूर्णिमाको मध्य रातमा काठमाडौं विष्णुमती पारी लखुतीर्थको बालुवा झिक्दा त्यसको सबै बालुवा चार दिनपछि सुन बनेको कुरा पत्ता लगाए र बालुवा निकाल्ने साइत जुराए ।


ज्योतिषी सिद्धिवन्तले राजा आनन्द मल्लस“ग त्यो साइतमा बालुवा झिक्न कसैलाई पठाउनुपर्छ भन्ने सल्लाह गरे । त्यही सल्लाह अनुसार लखुतीर्थबाट बालुवा ल्याउन राजाले आदेश दिए । राजाको आदेश अनुसार भक्तपुरका ५–६ जना ज्यामीहरु बालुवा लिन लखुतीर्थतर्फ लागे । उनीहरुले मध्य रात भएपछि त्यहा“को बालुवा बोरामा भरेर बोकेर हिंडे । शंखधर साख्वाः राती बाटोमा घुम्दै थिए । उनले भारी बोकेर हिंडिरहेका ज्यामीहरुलाई देखे । शंखधरले ज्यामीहरुसित सोधखोज गरे । लखुतीर्थको बालुवा लिएर भक्तपुर जान लागेको कुरा ज्यामीहरुले सुनाए । शंखधर साख्वाःले विचार गरे– ‘कुनै न कुनै विशेष कारण नभई यहा“देखि भक्तपुरसम्म रातीको समयमा किन बालुवा लैजान्थे ? पक्कै यसमा कुनै रहस्य हुनुपर्छ यिनीहरुलाई बालुवा लिन पठाउनुमा । त्यसैले शंखधर साख्वाःले ज्यामीहरुलाई फकाई–फुलाई आफ्नो घरमा लगे र स्वागत–सत्कार गरे । अनि उनले तिनीहरुले ल्याएको बालुवा आफ्नो घरमा खन्याई अरु नै बालुवा लिएर जान अनुरोध गरे । स्वागत–सत्कारबाट खुशी भएका ज्यामीहरुले बालुवा त्यहीं खन्याए र फेरि बालुवा झिक्न लखुतीर्थतिर लागे । तर त्यसबेलासम्म ज्योतिषीले निकालेको साइतको समय बितिसकेको थियो । ज्यामीहरुले बालुवा फेरि बोरामा भरे र विहानपख भक्तपुर पु¥याए । भक्तपुरमा चार दिनपछि त्यो बालुवा हेर्दा सुन भएन, बालुवा नै रह्यो । सिद्धिवन्त ज्योतिषी आफ्नो गणना गलत भएको ठाने ।
तर, शंखधर साख्वाःले चाहिं चार दिनपछि आफ्नो घरको बालुवा सुनै–सुन भएको देखे अनि पो उनले मध्यरातमा भक्तपुरे ज्यामीहरुले बालुवा झिकेर भक्तपुर लैजान खोजेको रहस्य थाहा पाए । बालुवा जति सुनै–सुन भएको देखेपछि उनले राज्यमा ठूलो काम गर्ने विचार गरे र राजा जयदेव मल्लको अनुमति लिएर राज्यका सबै गरीबहरुले साहूस“ग लिएको ऋण तिरिदिए । ऋण तिरिसकेपछि राजा जयदेव मल्लले आफ्नो राज्यमा कोही पनि ऋणी नभएको घोषणा गरे । त्यो घोषणा गरिएको दिन तिहार पर्वको म्हः पूजाको दिन परेको थियो ।

भाइटिकाको अघिल्लो दिन नेवार जातिले आफैलाई गर्ने पूजालाई ‘म्हः पूजा’ (अर्थात् आत्म पूजा) भनिन्छ । त्यही दिनदेखि नेपाल संवत्
प्रचलनमा ल्याएयो भन्ने तथ्य इतिहासमा उल्लेख छ । शंखधर साख्वाःले सम्वत् फेरेको सम्बन्धमा वंशावलीहरुमा यस्तो लेखिएको छ– “कान्तिपुरबासी कोही शंखधर नामक साख (ल)ले नेपाल निवासी सबै दुनिया“हरुको ऋण तिरी अऋणी गराई सम्वत् फिराउनाको निश्चय गरी राजाबाट यति स्वीकृति लिए । अनि नेपाल निवासी सबै छोटा वडा प्रजाहरुको ऋण सब तिरेर कत्ति बा“की नराखी कलिगतब्द ३९८१ र शाके ८०२ लाई नेपाली सम्वत् १ (नेपाल सम्वत् शक सम्वत् ०१ साल कात्तिक शुक्ल प्रतिपदाको दिन प्रारम्भ गरिएको थियो । तसर्थ नेपाल सम्वत् १ साल भन्नाले त्यस दिनदेखि ६ महिनासम्म अर्थात् चैत्र कृष्ण अमावस्यासम्म शक सम्वत् ८०१ साल नै भइरहेको र त्यसपछिको ६ महिना अर्थात् चैत्र शुक्ल प्रतिपदादेखि कात्तिक कृष्ण अमावस्यासम्म ८०२ साल भएको थियो कायम गरे । यसरी सम्वत्
फिराई राजाद्वारा त्यही सम्वत्लाई व्यवहारमा प्रचलनमा ल्याए र ठूलो यश प्रख्यात गरे । यो शंखले श्री पशुपति नाथका दक्षिण ढोकाका सम्मुखमा आफ्नो शिलामूर्ति बनाई स्थापना गरे । श्री पशुनाथका रोजभक्ति–भावना सेवा गरेका हुनाले आखिर अवस्थामा पनि श्री पशुपति
नाथका समीप बागमती नदीका किनारमा देह त्याग गरे ।”


यसरी गोपाल वंशावली, राजभोग माला वंशावली, राज वंशावली, केशर पुस्तकालय वंशावली आदिमा साल र तिथि सहित राघवदेव–आनन्ददेवको राज्यकालमा शंखधर साख्वःले (सालवाल) ले सम्वत् फिरेको कुरा किटानका साथ लेखिएको छ । शंखधरबाट यो सम्वत् चलाइएकोले होला यसलाई वंशावलीहरुमा ‘शंखधरकृत नेपाल सम्वत्’ भनियो । वंशावलीहरुमा शंखधरको नाउ“ र जात किटानी साथ छ“दाछ“दै साखवाल पनि भनिएको छ । ‘साखवाल शब्दको अर्थ नेपाली शब्दकोष अनुसार दामकामको लेनदेनमा दुनिया“ले पत्याएको माथवर, तालिवर, साहु महाजन अर्थात् ऋणदाता हुन्छ । शंखधरले आर्थिक रुपमा सम्पन्न भएकै कारण सम्वत् फेरिदिएपछि साखवाल कहलिएको होला । वि.सं.२०४७ सालमा शासन– व्यवस्थाको परिवर्तन भएपछि २०५६ साल मंसिर २ गते सरकारले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई नेपालका राष्ट्रिय विभूति घोषणा ग¥यो र उनको चित्र छापिएको हुलाक टिकट पनि प्रकाशित गरियो । पछि उनको प्रतिमा भक्तपुरको ठिमीमा स्थापना गरी शंखधर चोक नामाकरण गरियो ।


नेपाल सम्वत् प्रारम्भिक साल वि.सं.९३६ देखि वि.सं.१८२५ साल मल्लकालको अन्तसम्म सरकारी सम्वत्कै रुपमा प्रचलनमा रहेको थियो । यसरी नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएका सम्वत्हरुमा दोश्रो सम्वत् हुन्छ । इतिहासविद् श्री किल हर्नका अनुसार नेपाल सम्बत् ८८८ मा गोरखाले काठमाडौं विजय गरेपछि नेपाल सम्वत्लाई नया“ अधिराज्यका सरकारी कामकाजमा प्रयोग गर्ने मान्यता नदिइए तापनि
जनजीवनका अरु सबै पक्षमा यथावत नै छ । यस सम्वत्का पर्याप्त अभिलेख, शिलालेख आदि नेपालको इतिहासका आधारभूत सामाग्रीका रुपमा विद्यमान छन् । नेपाल सम्वत् नेपालकै भÒमिमा उत्पत्ति भएकोले यसलाई औपचारिक मान्यता दिनै पर्दछ भन्ने माग सरकार समक्ष नेवारहरुको संगठनहरुले निरन्तर रुपमा गर्दै आएका छन् ।


नेपाल सम्वत्का महिनाहरु ः कात्तिक शुक्ल प्रतिपदा तिथिको दिन ‘म्ह“ू पूजा’देखि सुरु हुने नेपाल सम्वत्को महिनाहरु नाम यहा“ उल्लेख गरिएको छ– १. कछला २. थिंला ३. पोहेंला ४. सिल्ला ५. चिल्ला ६. चउला ७. वछला ८. तछला ९. दिल्ला १०.गु“ला ११. येंला १२. कउला । प्रत्येक महिनाको पहिलो पक्षलाई ‘थ्व’ र पछिल्लोलाई ‘गा’ जोडेर नामकरण गरिएको छ । त्यसैले १५ दिनको एक महिना हुन्छ । जस्तै ‘कछलाथ्व’ र ‘कछलागा’ । कछला महिनास“गै नया“ साल ‘म्ह“ पूजा’ को दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाको दिनदेखि शुरु हुन्छ । यस बर्ष कार्तिक १९ गतेदेखि नेपाल संवत ११४० सुरु भएको छ । (वरिष्ठ पत्रकार चुके जनमतका सम्पादक हुन्)

प्रतिक्रिया

प्रतिक्रिया