
सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक र स्वास्थ्य, संचार क्षेत्रमा नियालेर हेर्ने हो भने महिलाको भुमिका पुरुषको भन्दा कम छैन । महिलाको गहन भुमिकाले पूरुषको नाम उचो भएको हुन्छ । पुरुषलाइ सुली चढाउन महिलाको हात हुन्छ । जुनसुकै क्षेत्रमा पनि नियालेर हेर्ने हो भने महिलाले गरेको अतुलनी कामको जति चर्चा गरेपनि कम हुन्छ । घरभित्रको काम सम्हाल्दै घरबाहिरको क्षेत्रमा काम गर्न महिला पनि पुरुष भन्दा कम छैनन् मात्र अवसरको खाँचो छ ।
नेपालगन्जको कुरा गर्नुपर्दा पुर्व मन्त्रि आरति पौडेल, नेपालगन्ज उप–महानगरपालिकाका उपमेयर उमा थापामगर,नेपालगन्ज उद्योग बाणीज्य महासंघका निबर्तमान अध्यक्ष भवानी राणा, प्रदेश शांसद कृष्ण केसी (नमुना) स्वास्थ्य क्षेत्रमा सेवा दिएका महिला डाक्टर रजनी केसी शाह , स्व.मोहम्मदी सिद्धिकी ,स्व.नर्बदा शर्मा , महिला उद्यमी सत्यदेवी कुर्मी , लगायत थुप्रै महिलाहरुको भुमिका पुरुषको भन्दा कम छैन ।
राजनीति क्षेत्रमा हेर्ने हो भने एउटी महिलाले स–साना बालबाच्चा स्याहार्ने हेरचाह गर्ने घरको काम देखि लिएर पुरुषलाइ समयमा खाना पकाएर, खुवाएर, कपडा टिलिक्क पारेर राजनीति गर्न पठाएकी हुन्छीन् । साझ विहान घरमा जाँदा घर चिटिक्क पारेर घरमा रहेका बृद्धबुबा आमा, बालबच्चा, परपाहुनादेखि लिएर समाजसेवामा जुटेकी हुन्छीन । अनि ति पूरुषले आफ्नो राजनीतिक क्षमता विकास गर्न पाएका हुन्छन् । महिलाले घरको सम्पुर्ण व्यवहार सम्हालेर बसेकी हुनाले पुरुषले राजनीतिक काममा समय दिन सकेका हुन्छन् । यदि घरको व्यवहार लथालिंग र टेन्सनै टेन्सन भयो भने ति पुरुषले घर बाहिर गएर जनतालाइ सेवा दिन आफ्नो राजनीतिक क्षमताको विकास गर्ने अवसर पाउन सक्दै । राजनीतिमा जसरी महिलाले पुरुषलाइ सहयोग गरेका हुन्छन त्यसैगरी पुरुषले पनि महिलालाइ सहयोग गर्न जरुरी छ । तर व्यहारमा त्यसो हुदैन कुनै अवसर आयो भने महिलालाइ फलानाकी श्रीमती भएका कारण अबसर पाएकी भनि टिकाटिप्पणी गर्ने गरीन्छ । कुरो हो हालै सूचना तथा प्रविधि मन्त्रालयमा मन्त्रि पदमा मनोनिच हुनु भएकी नैनकला थापाको । उहाँका श्रीमान रामबहादुर थापा (बादल )भएका कारण उहाँले मन्त्रिपद पाएको भन्ने निकै टिका टिप्पणी गरीयो ।
कुरा उहाँको मात्र होइन सम्माननिय राष्ट्रपति विद्यादेवि भण्डारी राष्ट्रपतिमा मनोनित हुदा उहाँ मदन भण्डारीकी श्रीमती भएका कारण राष्ट्रपति जस्तो गरीमामय पदको जिम्मेवारी पाउनु भएको आरोप लाग्यो । त्यतिमात्र हैन रामजानकी मन्दिर प्रवेश पछि विधवा महिलाको प्रवेशले मन्दिर अपवित्र भयो भनेर पानीले पखालीयो । त्यहि ठाउँमा श्रीमती नभएका विदुर श्रीमान भएको भए त्यो विषय उठाइदैन थियो । तर महिलामाथि मात्र विभेद गरीन्छ किन ? के महिला वर्ग यो समाजका हिस्सेदार पक्ष होइनन् ? पुरुषलाइ जन्माएर हुर्काउन लालनपालन गर्नमा महिलाको कुनै भुमिका छैन ? महिला र पुरुषमा यति धेरै असमानताको खाडल सृजना काहाँबाट भयो ? किन भयो ? कसरी भयो ? महिला पुरुषमा समानता ल्याउन के गर्न सकिन्छ ? जस्ता विषयमा व्यापक छलफल र विश्लेषण गर्न जरुरी छ । एकल विदुर पुरुषलाइ श्रीमती नभएका कारण कुनैपनि विभेद गरीदैन तर विधवा महिलाहरुलाइ श्रीमान नभएका कारण विभिन्न स्थानमा आरोप लगाउने र विभेद गर्ने गरीन्छ । त्यतिमात्र होइन एउटा विधवा महिला माथिल्लो पदमा पुग्दा निकै टिकाटिप्पणी गर्ने गरीन्छ । तर महिलाले अबसर पाएभने काम गर्न नसक्ने भन्ने हुदैन कतिपय महिलाले पुरुषले गर्न नसकेका काम गरेर देखाएका छन् । महिला ल्याउने बाध्यकारी नीति नबनेसम्म महिलाले अवसर पाउदैनन् । हाल स्थानिय तहमा प्रमुख वा उप प्रमुख महिला हुुनपर्ने,महिला सदस्य र दलित महिला सदस्य अनिवार्य भन्ने नीति बनेका कारण ती पदमा उल्लेख्य महिलाको सहभागीता रहेको छ ।
स्थानिय तहमा ४० प्रतिशत र प्रदेशमा ३३ प्रतिशत महिला सहभागी गराउने संविधानमा व्यवस्था भएका कारण महिलाको राजनीतिमा सहभागीता बढेको छ । बर्तमान २५जनाको मन्त्रिमण्डलमा ५जना महिलाले मन्त्रि हुने अवसर पाएका छन् । हरेक निकायमा ३३प्रतिशत महिला सहभागीता गराउनु पर्ने संविधानमा व्यवस्था छ तर व्यवहारमा सबै ठाउँमा कार्यान्वयन भएको पाइदैन ।
सामाजिक क्षेत्रमा हेर्ने हो भने घरको काम भ्याएर समाज सेवामा रातदिन महिला खटीएको हामी जो कोहिले पनि देखेका छौं । चाडपर्व विबाह बर्तबन्ध देखि लिएर समाजमा सेवा गर्नमा पनि महिला अग्रपंक्तिमा खटीएका हुन्छन् । घर समाजमा पनि उत्तिकै काम गरेका हुन्छन महिलाहरुले समाजमा गरीने काममा अझ भन्ने हो भने पैसा आउने काममा पुरुषको सहभागीता र पैसा नआउने काममा महिलाको सहभागीता भएको पाइन्छ ।
यसैगरी आर्थिकरुपले हेर्ने हो भने पनि महिला जागीर खाएर हाकीम,सिडियो, वकिल,पत्रकार, प्रहरी, न्यायधिश,डाक्टर, स्वयंसेविका, नर्स व्यपार आदी सबै क्षेत्रमा महिलाले काम गरेका छन् ।
यसैगरी राजनीति क्षेत्रका कुरा गर्ने हो भने पनि महिला राजनीतिक काम गर्नमा पुरुष भन्दा कम छैनन् । पुरुषले राजनीति गरेका भए पनि महिलाले घरको पुरै काम सम्हालेर राजनीति गरेका हुन्छन् । तर अबसर दिने बेलामा महिलाले सक्दैनन् भनेर अबसरबाट बन्चित गरीन्छ । महिलाको क्षमता नै छैन भनेर उनीहरुलाइ पछाडि पारिन्छ । तपाइहरु क्षमतावान बन्नुस, क्षमताको विकास गर्नुस भन्ने गरीन्छ । काम गर्ने अवसर नै नपाएपछि कसरी सिक्ने ?आफुमा भएको क्षमता कसरी देखाउने ?
यसैगरी शैक्षिक क्षेत्रमा पनि हेर्ने हो भने विगतको तुलनामा महिलाहरु पढेलेखेका छन् । केटालाइ जितेर कक्षामा फस्ट भएका पनि छन । स्कुल कलेजमा टप भएका पनि छन् । पढाइका साथै खेलकुदमा पनि महिलाको सहभागीता सह्रानीय छ । पहिलाको जमानामा महिलाहरुले बोडिङस्कुलमा पढ्न नपाएका भएपनि हाल आएर छोरीले पनि बोडिङ स्कुलमा पढ्न पाएका छन् ।
अब आयो स्वास्थ्य क्षेत्रको कुरा स्वास्थ्य क्षेत्रमा पनि हेर्ने हो भने महिला डाक्टर, नर्स,स्वयंसेविका भएर कति काम गरेका छन् । महिला नर्सको भुमिका अहम हुने गर्दछ । महिला नर्सले विरामिको सबै अवस्था हेर्ने, विरामीको स्याहार सुसार गर्ने र डाक्टरले भनेको अनुसारको औषधि खुवाउने गरेर विरामीलाइ निको बनाउनमा महिला नर्सको ठूलो भुमिका हुन्छ ।
यसैगरी संचार क्षेत्रमा महिलाले रेडियो, टिभि र छापामाध्यममा काम गरेका छन् । महिला नभएर पुरुषले काम गर्ने हो भने रेडियो र टिभिको सोैन्र्दयता हुदैन । महिलाको मिठो स्वरले रेडियो , टिभिले लोेक प्रियता पाएका हुन्छन् । समाचार नै पढ्दा महिलाको बोली मिठो हुने भएका कारण आकर्षण भएको पाइन्छ । तर पनि महिलाको नेतृत्व स्वीकार गर्न अभैm पुरुषलाइ कठिन हुन्छ । यसको उदाहरण २०७८को नेपाल पत्रकार महासंघको चुनाबलाइ लिन सकिन्छ । २ दशक भन्दा बढि संचार क्षेत्रमा काम गरेकी निर्मला शर्मा नेपाल पत्रकार महासंघको अध्यक्ष जस्तो गरिमामय पदमा चुनाव लड्ने हिम्मत गरिन । इतिहासमा पहिलो पटक महिला पनि नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा चुनाव लड्न सक्छन भन्ने सन्देश दिएकी छन् । सफलता पाउन नसके पनि अन्य महिलालाइ नेपाल पत्रकार महासंघको अध्यक्षमा चुनाब लड्ने बाटो खुलेको छ ।
यसरी हरेक क्षेत्रमा पितृसत्तात्मक सोचको अन्त्य हुन नसकेका कारण महिला वर्ग एक्काइसौ सताब्दीमा आइपुग्दा पनि पछाडि परेका छन् । महिला र पुरुषमा फरक के ? जन्मिदा सबैको दिमाग खाली हुन्छ । महिला र पुरुष जन्मिदा नाङ्गै जन्मिने हो । जन्मिसकेपछि छोरा हो कि छोरी भनेर लिंगबाट मात्र पहिचान हुन्छ । अनि पुलिंग भए छोरा र स्त्री लिंग भए छोरी भनेर समाजले पहिचान गराउछ । यतिसम्म पनि लिंगको फरक बाहेक अरु कुरामा फरक हुदैन । विस्तारै समाजमा हुर्किदै गएपछि हाम्रो समाजले महिला भनेका कमजोर हुन्छन् पुरुष भनेका बलवान हुन्छन् । पूरुषले जस्तोसुकै कठिन काम पनि गर्न सक्छन बलवान हुन्छन महिला कमजोर हुन्छन् ।
महिला राती अवेरसम्म घरबाहिर बस्न नहुने , छोरा बसे केहि नहुने,छोरालाइ बोडिङमा पढाउने छोरीलाइ स्कुलमा पढाउने छोरीको सानै उमेर विवाह गीदिने छोरालाइ पढाएर आफ्नो खुट्टामा उभ्याउने, छोरीलाइ विवाह गरेर अर्काको घरमा दिने जस्ता परिपाटी भए सगै हरेक क्षेत्रमा छोरा सक्षम महिला कमजोर हुन्छन् , सक्दैनन् भन्ने मानसिकताको विकास संगै महिला पूरुष विचको विभेद सृजना भयो ।
घर बाहिर नीति निर्माण गर्ने ठाउँमा पुरुषको नै बाहुल्यता रहयो । नीति निर्माण गर्दा पूरुषले मनपरि आफ्नो पक्षमा एकलैटि बनाए जहाँ महिलाको सहभागीता पनि भएन । महिला घर भित्रको पैसा नआउने काममा मात्र सीमित भए । महिलाको पक्षमा नीति नै बनेनन् , अनि महिला पछाडि पर्दै गए ।
जसको फलस्वरुप महिला सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक सबै क्षेत्रमा पछाडि पर्दै गए । अनि महिला र पुरुष विचको खाडल बढ्दै गयो । फलस्वरुप राजनीतिमा महिलाको पहुँच पुग्न सकेन र आज आरक्षण सिटमा महिलाको सहभागीता गराउनु पर्ने बाध्यता आइपर्यो । शुरुदेखि नै महिला र पुरुषको सबै ठाउँमा समान सहभागीता गराउदै आएको भए अहिले आएर महिलाले आरक्षण लिनु पर्ने अवस्था नै आउने थिएन ।
त्यसकारण महिला पुरुष भनेका समान हुन भन्ने मानसिकताको जब सम्म विकास हुदैन तबसम्म महिला र पुरुष विचको विभेद कायमै रहन्छ । अबसर पाएमा नेतृत्वमा रहेर काम गर्न महिलाले पनि सक्छन् । धेरै बर्ष पहिला नै नेपालको पहिलो उप प्रधानमन्त्रि बन्नु भएको थियो शैलजा आचार्य,पहिलो मन्त्रि सुदुर पश्चिमकी मोतिदेवि भट्ट बन्नु भएको थियो । नेपालकै सबभन्दा ठूलो पदमा सम्माननिय राष्ट्रपति विद्यादेवि भण्डारी हुनुहुन्छ । यसैगरी शुशीला कार्की पहिलो महिला न्यायधित बन्नु भयो । पहिलो सभामुख महिला ओनसरी घर्ती बन्नु भयो । यसैगरी पहिलो महिला संचार मन्त्रि नैनकला थापा भरखर मात्र मनोनित हुनु भएको छ । इतिहासमा नेपाल पत्रकार महासंघको चुनाबमा महिला अध्यक्षको दाबेदार बन्नु भयो निर्मला शर्मा ।
कुरा नेपालगन्ज बाहिरको मात्र होइन नेपालगन्ज भित्र कै कुरा गर्नुपर्दा नेपालगन्ज उप –महानगरपालिकामा उप–मेयर हुनुहुन्छ उमा थापामागर,कोहलुर नगसपालिकामा उप– मेयर हुनु हुन्छ सन्जु कुमारी थारु ६वटा गाउँपालिकाका उपाध्यक्ष महिलाहरु क्रमशःएकमाया विक,भुमिसरा धिताल,सारदा विक,धुनिकुमारी खत्री, सायदा बानु,नेपाली कांग्रेसमा पाटी अध्यक्ष हुनुहुन्छ किरण कोइराला,यहि क्षेत्रनिवासी हुनुहुन्छ पुर्व मन्त्रि आरति पौडेल,प्रदेश सदस्य कृष्ण केसी (नमुना) , भवानी राणा उद्योग बाणीज्य महासंघको केन्द्रिय अध्यक्ष बन्नु भयो ।जनमोर्चाका अध्यक्ष हुनुहुन्छ मोविना खातुन । समाजसेवी स्व.नर्बदा शर्मा ,सहिद सेतु वि.क.,मिडियाको कुरा गर्नु पर्दापहिलो महिला विविसी सम्बाददाता विमला चौधरी, बर्दियामा पहिलो स्टेसन मेनेजर पुष्पा चौधरी जो गुरुवावा एफएममा कार्यरत हुनु हुन्छ,स्वास्थ्य क्षेत्रमा डा.रजनी के.सी.लगायत अन्य थुप्रै महिला डाक्टर आफनो पेशामा अब्बल छन् । अबसर पाएमा महिला पनि पुरुष भन्दा कम छैनन् ।