कोभिड १९ संक्रमितहरुको उपचार गरि रहेका भेरी अस्पताल र नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल अनुगमनका क्रममा कैयौ कोरोना संक्रमित बिरामीहरुले अस्पतालको मुखै देख्न नपाई मृत्युवरण गरेका कारुणिक दुश्यहरु देखियो । भर्ना पाएकाले पनि आवश्यक मात्रामा अक्सिजन नपाउने, बरण्डामै अक्सिजनको ब्यवस्था गरि उपचार गर्नु पर्ने अवस्था देखियो ।

बाँकेमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा दैनिक सरदर १० जनाका दरले मृत्युवरण गरिरहेका छन् । अस्पतालमा भर्ना भएकाले पनि आवश्यक मात्रामा अक्सिजन नपाउदा मृत्युको शिकार हुन पुगेका छन् । अस्पतालमा आवश्यक मात्रामा अक्सिजन उत्पादक उद्योगले समयमै अक्सिजन आपुर्ति नगरि दिदा अस्पतालमा बिरामीको उपचारमा समस्या परेका छन् । अस्पतालमा बेड खाली छैन, अक्सिजनको जोहो आफै गर्नु पर्ने कुराले अन्तिम अवस्थासम्म घरैमा होम आईसोलेन संक्रमितहरु बस्दा धेरैको ज्यान गुमाउनु परेको छ ।

देशमा माहामारी फैलिदा जसले जे सक्छ त्यहि गर्नु पर्ने हो । तर यत्रो बिपक्तिको बेलामा पनि आम नागरिकको जिवनको अधिकार सुरक्षित गर्न, कोरोना नियन्त्रण रोकथाम र संक्रमितको उपचारका लागी सरकार र जिम्मेवारी निकायले जुन रुपमा जिम्मेवारी बहन गर्नु पथ्यो त्यो हुन सकेको छैन भने आम सर्वंसाधारणले पनि स्वास्थ्यका मापदण्ड अपनाई सतर्कता अपनाउनु पथ्यो त्यसो हुन सकेका छैन । जसका कारण कोरोना जमुदायस्तरसम्म फैलिई भयावहको स्थितिमा पुगेको छ । नागरिकहरु अकालमा मृत्युको शिकार भैरहनु परेको छ । भेरी अस्पतालको कोभिड १९ संक्रमितको उपचारका लागी छुट्याईएको –निर्माण गरिएको आई‘सोलेसन वार्डमा ७२, ज्म्ग् ७० गरि जम्मा बेड संख्या २१० रहेको, भेन्टिलेटर ९ र प्रोटेवल सहित गरि जम्मा २० वटा भेन्टीलेटरहरु रहेको छन् जुन बिरामीको चापको आधारमा अपुग हो । भेरी अस्पतालमा हाल प्रतिदिन ४०० हाराहारीमा ठुलो अक्सिजन सिलिण्डर खपत भैरहेको बताईन्छ । नियमित अक्सिजन आपुर्तिका एकै छिन पनि तलमाथी हुन गएमा बिरामीको उपचारमा तलमाथी पर्न सक्दछ । यसैले कोभिड संक्रमितको उपचार गराईरहेका अस्पतालमा नियमित अक्सिजन आपुर्तिको ब्यवस्थालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने देखिएको छ । कोभिड बिरामीलाई दिईने रेम्डिसिभियर इन्जेक्सन सरकारी अस्पताल समेतलाई आवश्यक मात्रामा उपलब्ध भएको पाईदैन । भएको इन्जेक्सनमा पनि सबै बिरामीको पहुा पुग्न सकेको छैन । बिरामीले आवश्यक मात्रामा आपुर्ति नहुदा र प्रभावकारी नियमन नहुदा यसमा कालो बजारी भैरहेको छ । एउटै डोज सुईको ३० हजारसम्म बिरामीले तिर्नु परेको गुनासाहरु आएका छन् ।

अस्पतालमा आवश्यक मात्रामा अक्सिजनको आपुर्ति नहुदा कम मात्रामा अक्सिजन बिरामीलाई दिईएको भनी बिरामीका कुरुवाबाट गुनासो गरेका छन् । प्रर्याप्त अक्सिजन आपुर्ति नहुनु कोभिड बिरामीको उपचारमा देखिएको गंभिर समस्या हो । अस्पतालमा आवश्यक बेडको अभावमा बिरामीहरु बरण्डामा समेत अक्सिजन लगाई उपचार गरिएको पाईएको छ । भेरी अस्पतालमा उपचाररत बिरामीका एक भन्दा बढी कुरुवाहरु बसेका कारण उपचारमा समस्या पर्नुका साथै कुरुवाहरुबाट संक्रमण फैलिने जोखिम देखिएको यस तर्फ सम्बन्धित निकायको समयमै ध्यान जान जरुरी छ । भेरी अस्पतालबाट कोभिड सेवा बिस्तार गरिदा अस्पतालको पेइङ वार्ड बिस्थापित गरिएको छ र अस्पतालले थप ज्वरो क्लिनिक संचालन गरि सेवा प्रदान गर्दै आईरहेको छ । ओपिडी सेवा हाललाई स्थगत गरि इमरजन्सी र ओटीबाट सेवाहरु प्रदान गरिदै आएको छ जसका कारण नन कोभिड बिरामीहरुको उपचारमा समस्या देखिएको छ । कोरोना संक्रमणको संत्रान्सका कारण अन्तिम अवस्थासम्म घरैमा बस्ने र अन्तिम अवस्थामा अस्पतालमा आउँदा कति बिरामीले मृत्युवरण गर्नु परेको कारुणिक दुश्यहरु पनि देखिने गरेका छन् । दिर्घ रागी र नन कोभिड बिरामीको उपचारको लागी पनि अस्पतालहरुले समुचित प्रवन्ध मिलाउनु पर्दछ । कोरोना संक्रमणको यस्तो महामारीको अवस्थामा कोभिड बिरामीको उपचार गराईरहेको सरकारी अस्पताल भेरी अस्पतालको हाल बिद्यमान सेवाहरुलाई अझ बढी प्रभावकारी र सहज सुलभ बनाउन थप जनशक्ति र थप बजेट ब्यवस्थापन, अत्यावश्यक उपकरण, स्वास्थ्य सामाग्रीको थप ब्यवस्थापन, अक्सिजन आपुर्ति ब्यवस्थापन, संघ, प्रदेश तथा स्थानिय तह समेतबाट जनशक्ति लगायत बजेटको ब्यवस्था गरिनु पर्ने माग अस्पतालले गरेको छ । बर्तमान परिस्थिति भबिश्यमा समेत यस्तो माहामारीका आउन सक्ने कुरालाई मध्यनजर राख्दै श्रोत साधन र जनशक्ति ब्यवस्थापनमा अहिले नै बिचार पु¥याउनु पर्दछ ।

यस्तै लर्ड बुद्ध एजुकशनल एकेडेमी लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगंजले पनि इमरजन्सी, लेवर रुम, ओ.टी.डाईलेसिस, ए.सि.क्याविन, आई.सि.यू र कोभिड १९ वार्डबाट बिरामीको उपचार सेवा दिदै आएको जनाएता पनि उक्त अस्पतालले आवश्यक मात्रामा अक्सिजन आपुर्ति हुन नसकेको भन्दै थप बिरामी भर्ना नसक्ने जनाएको छ । उसले बाँके जिल्ला प्रशासनले आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएमा मात्रै ३०० वेडको कोभिड वार्ड संचालन गर्न सक्ने जनाएको छ । यसरी हेर्दा सरकारी भेरी अस्पतालले धान्न नसक्ने, नेपालगंज मेडिकल कलेजले अक्सिजनका कारण भर्ना नगर्ने भए पछि कति संक्रमितहरु अस्पतालको मुखै देख्न नपाई मृत्युवरण हुन परेको र यस्तै अवस्था रहे कतिले उपचार नपाई मर्नु पर्ने हो यसै भन्न सकिने अवस्था छैन । अहिलेको अवस्थामा कोभिड संक्रमित बिरामीहरुलाई एक त उपचारका लागी वेड पउनमै समस्या पाएमा सरकारले निशुल्क उपलब्ध गराउने भनेको स्वास्थ्य सेवा पाउनमा समस्या रहेको छ । निजि अस्पतालमा यो सुबिधा लिनमा स्थानिय तहको सिफारिस लगायतका कागजात पु¥याउनु पर्ने झन्झटले सिमित बिरामीले मात्रै सरकारी सुबिधा लिन सकेका छन् । सुबिधा लिएकाले पनि महङ्गा खालका अन्टिवायोटिक औषधी आफैले किन्नु पर्ने बाध्याता रहेको छ । सरकारीमा बेड नपाउने निजीमा बढी मुल्य तिरैर भए पनि भर्ना हुनु पर्ने बाध्यताले निम्न आय भएका बिरामीका लागी संबिधानमा भएको स्वास्थ्यको हक कागजमै सिमित भएको छ । समस्या समाधानमा अवको बाटो कोभिड संक्रमित बिरामीको उपचाररत बाँकेका अस्पतालहरु भेरी अस्पताल र नेपालगंज मेडिकल शिक्षण अस्पतालमा आवश्यक मात्रामा अक्सिजनको आपुर्ति नहुदा बिरामीको उपचारमा गंभिर समस्या परेकोले यसको सिघ्र ब्यवस्थापन हुन जरुरी देखिएको ।

कोभिड संक्रमितको उपचारका लागी नेपाल सरकारले उपलब्ध गराउने सुबिधा, अस्पतालले गर्ने निशुल्क सेवा सिमित बिरामी बाहेक अरुले पाउन सकेका छैन । निजि अस्पतालले अधिकांश बिरामीसंग शुल्क लिईरहेको कुरा बुझिएकाले यसमा सरकारी नियमन, निर्देशन दिन आवश्यक देखिएको । सरकारी सेवा सुबिधा बारे सर्वसाधारणले जानकारी नपाउँदा सरकारद्धारा प्रदान गरिएको निशुल्क उपचार सेवा लिन नसकेको देखिएकाले आनागरिकलाई यस बारेमा स्पष्ट पारिनु पर्ने देखिएको छ । सिकिस्त कोभिड संक्रमित बिरामीलाई अक्सिजन अभावमा कोभिड अपस्तालले भर्ना नगर्ने र स्थानिय तहले अक्सिजन सहितको आईसोलेसन भनी अक्सिजन होल्ड गरेको भन्दर्भमा स्थानिय तहहरुबाट अनावश्यक होल्ड गरिएका सिलिण्डर झिकाई कोभिड संक्रमित उपचाररत अस्पताललाई उपलब्ध गराउने ब्यवस्था मिलाउनु पर्दछ ।

कोरोना संक्रमित बिरामीका लागी चलाईने रेम्डिसिभियर इन्जेक्सनमा कालो बजारी भएको र सेवाग्राहीले बढी मुल्य तिर्नु परेको कुरालाई मध्यनजर राख्दै प्रशासनले कोरोना संक्रमित अस्पतालसंग नियमित रुपमा आपुर्ति अवस्था र कालो बजारी र अनुचत ब्यापारिक क्रियाकलाप हुन नदिने बयवस्था मिलाउनु पर्दछ । कोभिड १९ बिरामीहरुको चाप प्रतिदिन बढ्दै गएको कुरालाई मध्यनजर राख्दै ३०० बेड ब्यवस्थापन गरेर पनि कोहलपुर मेडिकल कलेजले आवश्यक मात्रामा अक्सिजन आपुर्ति हुन नसकेको भन्दै सेवा संचालन नगरेरकाले सो अस्पतालाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराई सेवा संचालन ल्याउने ब्यवस्था मिलाउनु पर्दछ । यसै गरि कोरोना परिक्षणको दायरा बढाउने, संक्रमण फैलिन नदिन आवश्यक सबै प्रयत्नहरु गर्ने, स्वास्थयका मापदण्डहरु परिपालना गर्ने÷गराउने, कोरोना संक्रमित बिरामीको उपचार को लागी अस्पतालको आवश्यक पवन्ध्र मिलाउने, बिरामीका लागी आवश्यक वेड र अक्सिजन आपुर्तिको समुचित ब्यवस्था मिलाउने कार्य तुरुन्त गर्नु पर्दछ । यसका लागी सरोकारवाला निकाय बिच आवश्यक समन्वय र सहकार्य हुन जरुरी छ । अन्तमा कोरोना नियन्त्रण रोकथाम र संक्रमित बिरामीको उपचार आजको सबैभन्दा महत्वपुर्ण बिषय हो । ब्यक्तिको जिवन र स्वास्थ्य भन्दा ठुलो कुरा अरु हुन सक्दैन । त्यसको संबिधानमा भएको आम नागरिकको जिवन, स्वास्थ्य र आधारभुत मानव अधिकारको संरक्षण लागी सरकारका साथै आम नागरिक पनि आ¥आफ्नो तर्फबाट लाग्न उत्तिकै जरुरी छ । ड्ड लेखक अधिवक्ता हुन ।

प्रतिक्रिया

प्रतिक्रिया