कोरोना भाइरसका कारण देश बन्दाबन्दिको अवस्थामा गएपछि अहिले मानिसलाइ रोगले मर्ने कि भोकले ? भन्ने अवस्थामा पुर्याएको छ । घर बाहिर निस्कीए अन्य व्यक्तिसंगको सम्पर्कले कोरोना भाइरस (कोभिड १९) ले अक्रमण गर्ला भन्ने डर, घरैमा बस्ने हो भने भोकले मरियला भन्ने डरमा जनता गज्रीएका छन् । घरमा खाने कुरा केहि छैन, भोक लाग्छ के खाने ? बंैकको रीण कसरी तिर्ने ? घर भाडा कसरी तिर्ने ? पैसा छैन आउने ठाउँ पनि छैन ? बचत गरेर राखेको पैसा पनि सकियो । सबै व्यापार व्यवसाय बन्द रहदा आम्दानीको स्रोत बन्द भए पनि मानिसलाइ बाँच्नको लागि खाना त खानु पर्यो ज्यालामजदुरी गरेर खानेहरुको मात्र नभइ मध्यम वर्गीयहरुमा पनि खाद्य संकटको समस्या देखापर्न थालेको छ । मध्यम बर्गीयहरुले केहि समयको लागि घरमा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकियो, पैसा पनि सकियो के खाने ? रोग लाग्नु पूर्व भोकले पो मरिने हो की ? भन्न थालेका छन् ।


लकडाउनमा २महिना विताइसकेका जनता अब लक लकडाउनमा बसेर के खाने ? भन्न लागेका छन् । मानिसहरु एक पटक मर्ने हो क्यारे भन्दै विस्तारै व्यापार व्यसायमा निस्कन खोजेका छन । नेपालगन्जमा बाँके प्रशासनले विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म व्यापार व्यवसाय र पसलहरु खोल्न दिएको छ । त्यो अबधिमा बाहिर निस्कने हो भने लकडाउनको अनुभुति नै हुदैन । नत सामाजिक दुरी कायम गरीएको हुन्छ । नत सेनिटाइजरको प्रयोग नै हुन्छ । एकातिर जनता घरमा खाने कुरा नभएका कारण खाने कुराको खोजी गर्न बाहिर निस्कनु पर्ने, अर्कोतर्फ सरकारले लकडाउन कडा गर्ने गर्दा बाख्रलाइ घाँस देखाएर बाधेको जस्तो अनुभुति भाको छ । त्यतिमात्र होइन परिक्षण जाँच कछुवाको गतिमा चलेको छ । विदेशबाट आएकाहरुलाइ राख्ने ठाउँ छैन । सीमित क्वारेन्टाइनमा विदेशबाट आउने सबैलाइ राख्न सक्ने क्षमता नभएका कारण घरैमा क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था आउन लागेको छ ।


तर यसरी घरैमा बस्दा पनि झन खतरा हुन सक्छ एउटै घरका अन्य व्यक्तिलाइ पनि कोरोना भाइरस फैलिन सक्ने सम्भावना हुन्छ । रोजगारी गरेर खानेहरुको लागि मात्र होइन मध्यम वर्गीयहरुको लागि पनि छाकटार्न गाह्रो पर्न थालेको छ । मध्यमवर्गीहरु त राहत माग्न जान पनि नसक्ने, अरुलाई भन्न पनि नसक्ने, ज्यालामा जान पनि नसक्न,े आफ्नो व्यापार व्यवसाय बन्द रहने तर घरमा खाने कुरा छैन कोसंग भन्ने ? कहाँ जाने ? कसरी पेटपाल्ने परिवारलाइ कसरी खाना खुवाउने ? बचत गरेर राखको पैसा पनि सकियो । कमाइ छैन व्यापार व्यवसाय बाटआउला भन्ने छैन । ज्याला मजदुरी गनेमा नभइ मध्यम वर्ग पनि भोकभोकै बस्नु पर्ने अवस्था आउन लागेको छ । विदेश कमाउन गएका मानिसहरुको दिनदिनै ओइरो लागेको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण आर्थिक उकास्नको निम्ति उनीहरु कमाउन विदेश गएका हुन अब पुन सोहि घरमा फर्केर आउँदा विदेशमा कमाएको पनि सकियो, घरमा पनि सकियो । विदेशको रोजगारी पनि गुम्यो, नेपालमा रोजगारी छैन तर पनि खान त पर्यो कसरी ? भन्ने प्रश्न उठेको छ । विदेश जाने टन्न पैसा कमाउने आशा बोकेर विदेश गएका युवाहरु धमाधम नेपाल फर्किदै छन् । कतिको त मोटोरकम रीण काडेर गएको र रीण चुक्ता गर्न नपाउदै फर्किनु परेको अवस्था पनि होला ।


घर बाहिर निस्के कोरोना भाइरसले मार्ला भन्ने डर घर भित्रै बसीरहु खान नपाएर भेकमरीले मार्ला भन्ने डर पो भएको छ । तर सरकारको चरित्र दोहोरो देखिएको छ । एकातिर लकडाउनलाइ कडाइ गर्ने घरैमा बसौ भनेर फुक्ने अर्कोतिर निर्माणका काम, यातायात, खाद्यान्न, तरकारी फलफुल, बैक, भोजनालय लगायत ४४ वटा खोल्न पाउने भनेको छ । खाद्यान्नका पसल खोल्ने साधन चलाउन नपाउने भन्दा खाद्यान्न केमा किनेर ल्याउने भन्ने प्रश्न उठेको छ।
कुरा यति मात्र होइन २ महिनाको अवधिमा ६ सय ५ वटा महिला हिंसाका घटना राष्टिय महिला आयोगमा र ४ सय ६५ वटा घटना ओरेकमा अभिलेखिकरण भएका छन् । यसले पनि के देखाउछ भने बन्दाबन्दिको अवस्थामा आर्थिक संकटका साथै महिला हिंसा पनि बढेको छ । उजुरी गर्न कहा जाने?बन्दाबन्दिको समयमा प्रहरी प्रशासन र अन्य अधिकारकर्मीहरुबाट पनि सहयोग लिन कठिन भएको हुदा घरभित्रै बलात्कार हुन बाध्य छन् महिला । त्यसकोउदाहरण नेपालगन्ज वडा नंं. १८मा ससुराबाट बुहारी बलात्कार भएता पनि श्रीमानले म तलाइ छोडपत्र गरेर छोडिदिन्छु यो मुद्दा दर्ता गरीस भने भन्दै दबाब दिएपछि उनी चुप बसेकी छिन् । यो त उदाहरण मात्र हो यस्ता थुप्रै घटना हुनछन तर बाहिर आउन सकेका छैनन् ।
विदेशमा रहेका ६ लाख नेपाली नेपाल फर्कन चाहेको कुरा पनि बाहिर आएको छ । यहि अवस्थामा विदेशबाट आउने ६ लाख मानिसलाई कहाँ राख्ने ? रोजगारी के दिने ? प्रश्न उठेको छ ।


अब खेती गर्ने बेला आउन लाग्यो आधुनिक कृर्षिप्रणाली अपनाएर विदेशबाट आएका युवालाई कृर्षिमा लगाउने अवसर पनि हो यो सरकारले यसतर्फ समयमै ध्यान पुर्याउन जरुरी छ । किसानले मल विउ सहज पाउन सकेका छैनन् । मलविउ पानी सहज उपलब्ध गराइ नेपालका पहाड तराइका सबै भुमि बाझो नराखीकन खेति गर्ने वातावरण मिलाउनु सरकारको दायीत्व पनि हो ।


कोभिड १९ ले निम्त्याएको विपत्तीका साथै कृर्षिमा लगाउन सक्ने र नेपाल आएकाहरुलाई आधुनिक कृषि र उद्योग कलकारखाना खोलेर रोजगारी दिनसक्ने हो भने नेपाल आत्मनिर्भर बन्ने अबसर पनि सृजना भएको छ । नेपाल कृषि प्रधान देश हो । जेठ २७ गते आइपुग्दा संक्रमित ४ हजार ८५, क्वारेन्टाइनमा रहनेको संख्या झण्डै २ लाख पुग्न लागेको छ । ५ सय ८४ जना निको भएर घर फर्केका छन् भने १५ जनाले ज्यान गुमाएका छन् । विदेशबाट आउने र संक्रमित हुनेको संख्या प्रत्येक दिन बढीरहेको छ । नेपालभित्र सामाजिक दुरी कायम गर्दै उद्योग व्यापार व्यवसाय संचालनमा नल्याउने हो भने मानिस रोग लाग्नु भन्दा पहिला भोकले मर्ने अवस्था नआउला भन्न सकिन्न । एकातिर सबै व्यापार व्यवसय बन्द छन् अर्कोतिर सरकारले असार ७ गते भित्र कर तिर्न भनेको छ जनताले कसरी तिर्ने ? अर्को प्रश्न उठेको छ ।


कोभिड १९ कै कारण नेपालमा ६० हजार गर्भवति महिलाहरु स्वास्थ्य सेबाबाट बन्चित भएको, ५६ जना सुत्केरी महिलाले ज्यान गुमाउन बाध्य भएको माननिय सांसद विद्या भट्टराले सांसदमा जानकारी गराउनु भएको थियो । घर बाहिर निस्के कोरोनाले मरियला भन्ने डर घर भित्र बसे खान नपाएर मरिने हो कि भन्ने डरमा आम नागरिक तड्पेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघले बैठक बसी लामो समय लकडाउन गरिरहँदा व्यापार व्यवसाय चौपट हुने भन्दै दुरी कामय गर्दै उद्योग व्यापार व्यवसाय खोल्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ । लकडाउन मात्र पनि समाधान होइन । लकडाउन क्षणिक समाधान भएतापनि लामो समयको लागि लकडाउन अभिषाप पनि बन्न सक्छ । बिदेशबाट आउनेलाइ अनिवार्य श्वब परिक्षण गदै संक्रमितलाइ क्वारेन्टाइनमा राख्ने र अन्यलाई सामाजिक दुरी कायम गर्दै सचेत हुदै मानिसले खेतिपाति,व्यापार व्यवसाय गर्न नपाउने हो भने के खाने ?


त्यसकारण सरकारले विदेशबाट आएकाहरुलाइ अनिवार्य क्वारेन्टीनमा राख्ने, आधुनिक कृषि प्रणालीको विकास गर्ने, विदेशीएको जनशक्ति नेपाल भित्रिएको मौका छोपी उनीहरुलाई नेपालमा उत्पादन मुलक काममा लगाउने, ठूलाठूला उद्योग र कलकारखाना खोलेर युवालाई रोजगारी दिने, यदि जनतालाइ रोग र भोकबाट बचाउने हो भने तिव्र गतिमा परिक्षण गर्ने, जनता स्वयं सचेत भएर सामाजिक दुरी कायम गर्दै, पटक पटक सेनिटाइजर र साबुन पानीले हात धुदै व्यापार व्यवसाय, खेतिपातिमा लाग्नुको विकल्प छैन ।

प्रतिक्रिया

प्रतिक्रिया