भारतले किन सधै हेपिरहन्छ ?

हेमन्त राज काफ्ले

हाम्रो देश नेपाल स्वतन्त्र र सार्वभौम देश हो सारा संसारलाई थाहा छ । न कहिले कसैको अधिनमा बस्यो न कसैसँग घुँडा टेक्यो । कहिले कसै सामु आफू कमजोर भएन बरु देखायो सहास र जित्यो अंग्रेजÞलाई एक्लो महसुर बन्यो र लखेट्यो बैरिलाई ईतिहास साक्षी छ । परतन्त्र हामीलाई मन पर्दैन । नेपाली सोतन्त्र आज छ र भोलि पनि हुने छ । शान सँग लडे बहादुर हाम्रा पुर्खाले र हाम्रो अस्तित्व जस्ताको त्यस्तै बचाई राखे आफ्ना सन्ततिको लागि । आज त्यही भएर गर्वले भन्छौं हामी वीर गोर्खाली । तर दिन प्रतिदिन भारतले नेपाललाई विभिन्न बहानामा हेपिरहेको छ ।

कहिले नाकाबन्दी गरेर कहिले भारतमा भएका काम गर्न गएका नेपालीलाई तर्साएर । कहिले सम्झौताको बहानामा विभिन्न जस्तै बिप्पा अनि थुप्रै सन्धी अनि आफ्नो स्वार्थ मात्र हेरेको छ भारतले । एउटा छिमेकीले निकै सोच्नु पर्छ सधै छिमेकीसँग राम्रो समधुर सम्बन्ध बनाई राख्नु पर्ने हो । छिमेकी सँगको सम्बन्ध बिग्रनु भनेको आफ्नै देशमा अस्थिरता छाउनु हो । ठूलो माछाले सानोलाई सताए जस्तो गर्न कसैले हुँदैन । भारतले बारम्बार विभिन्न बहानामा हामीलाई हेपिरहेको छ ।

भारतले नेपालको सिमामा थिचोमिचो गर्दै आइरहेको छ । सिमाका नेपालीलाई दिनहँु विविध बहानामा दुःख सास्ती भोग्दै आएका छन् । नेपाल भारत सिमानामा भारतले लगभग ८६ स्थानमा नेपाली भूमिलाई अतिकर्मन गरेका कुराहरु दिन प्रतिदिन मिडियामै आएका छन् । नेपालको करिब ६० हजार हेक्टर जमिन पनि भारतले हडपेको छ गण्डकी, कोशी, महाकाली नदीहरुमा अपमानजनक सन्धि र सम्झौता गराएको छ । सारा नदीहरुमा बाँधबाँधी सधै बर्षातको बेला डुबानमा पारी दुःख दिने गरेको छ ।


सीमा क्षेत्र अतिक्रमणमा दार्चुलाको कालापानीमा चीन र भारतबीच युद्ध भएका बखतदेखि ३७२ वर्ग किमी क्षेत्र भारतीय सेनाले अतिक्रमण गरेर राखेको छ । सन् १९६५ देखि अहिलेसम्म भएका जनगणना तथा सर्भे नापीका अभिलेखहरु तथा मालमा आवादी जग्गाको मोठ र नक्सा तिरोभरो नेपालीको नै छ ।


महाकाली नेपालको पश्चिमी सीमा नदी भएपछि बैतडीदेखी नै सिंगो महाकाली नदी मझधार सीमा हुन सक्दैन । सबै नदी नेपालको हो, त्यसलाई बिचमा अतिक्रमण गरिएको छ । कञ्चनपुर जिल्लाको शारदा नहर उत्तर टनकपुरमा २२२ बिघा जमिन भारत सरकारले अतिक्रमित गरेको छ र ४० नं को सीमा स्तम्भ निशाना नै नरहने गरी भत्काइएको छ । ब्रह्मदेव मण्डीमा सीमा स्तम्भ गायब गरेर अतिक्रमण गरिएको छ बिस्तारै भोलीको दिनमा यो ब्रहमदेबको भरैबको मन्दिर आफ्नै हो भन्न पनि सक्छ । यस्तो त थुप्रै स्तम्भ गाएब भएका छन् । रातारात भारतले बस्ती बसाएका उदाहरणहरु ताजै छन् । सुगौली सन्धीबाट सन्धि अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । सोही कालीनदी नै नेपाल–भारतको सिमाना हो । तर भारतले पटक–पटक त्यस क्षेत्रलाई आफ्नो देशमा पार्नका लागि कोशिस गर्दै आएको छ । अघिल्लो वर्ष पनि सोही भूमिलाई आधार बनाएर भारत र चीनले मुख्य नाका खोल्ने कोशिस गरेका थिए । उक्त समयमा पनि नेपालमा विवाद भएको थियो ।


नेपालमा विवादपछि भारतले सो कुरालाई सच्याएको थियो । तर भारतले उक्त क्षेत्रमा तीन सय ७२ वर्गकिलोमिटर नेपाली भूमि मिचेको छ । भारतले नेपाली पक्षले सीमा विवाद सुल्झाउने वा अन्य कुनै कुरा गर्दा १९५० को सन्धि देखाउँदै सिमाना खुला राख्नुपर्छ भन्छ । रोटीबेटीको सम्बन्ध छ भन्छ, तर उक्त सन्धिमा कतै पनि सीमा खुल्ला राख्नुपर्छ भनिएको छैन । भारतको हेपाहा प्रबृत्ति एक घातक जहरिलो सोच हो । भारतले आफुले जे गरेपनि हुन्छ भन्ने सोचमा छ । उक्त सन्धिको दफा ७ मा समान तरिकाले आवतजावत गर्न पाउने उल्लेख गरिएको छ । यो भनेको खुल्ला सिमाना हैन । सिमाना खुल्ला, बन्द र नियमन गरी तीन प्रकारका हुन्छन् । तर, भारतसँगको सिमाना त छर्लङ्ग खुल्ला छ । खुल्ला सिमानाको असर सीमा क्षेत्रका बासिन्दाको दैनिकीमा पूरा परेको छ । अर्कोतर्फ, मुलुकको अर्थतन्त्र र अन्य क्षेत्रमा पनि खुल्ला सिमानाका असर देखिन्छन् । विभिन्न घटना क्रम र अस्थिर अवस्था भारतकै उपज हो । भारतले कहिले मधेसी मुद्दा अगाडि सार्न लगाउँछ र आफै आफैमा किन यस्तो गर्दछ, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न हाम्रो देशलाई भारतले । यो एउटा गम्भीर महत्वपूर्ण प्रश्न हो ।

यसको एकमात्र सही उत्तर छ, त्यो हो राणा प्रधानमन्त्री जंग बहादुर राणादेखि हालसम्मका नेपालका शासकहरु ब्रिटिश भारत र स्वतन्त्र भारतको चम्चा बनेर लम्पसार पर्दै आत्मसमर्पण गर्दै आएका कारण भारतले नेपाललाई हेप्दै आएको छ ।


विक्रम सम्वत १९०३ साल अर्थात सन् १८४६ सेप्टेम्बर १४ तारिखको कोतपर्वबाट जंग बहादुर राणा ब्रिटिश भारतको डिजाइन र आशिर्वादले नेपालको प्रधानमन्त्री भएका थिए । त्यस यता यो १७१ वर्षको अन्तरालसम्म नेपालका शासकहरु खास गरि प्रधानमन्त्री भारती शासकहरुको आशीर्वाद र सहयोगले प्रधानमन्त्री र नेपालका शासक बन्दै आएका कारण उनीहरुले भारतीय शासक वर्गको सेवा चाकरी गर्दै आएका छन् । भारतले आजीवन प्रधानमन्त्री बनाई दिने, नेपालको शासक बनाई दिने लोभ, प्रलोभन देखाएर सत्तामा जाने र टिकाई दिने झुठो प्रलोभन भारतले त्यसो गरेर वापत नेपालका शासकहरुले नेपालका नदी नालाहरु भारतलाई सुम्पदै आएको जस्तो देखिदै आएको छ ।


भारतले नेपाललाई भन्ने प्रश्नको सटिक उत्तर के हो भने हालसम्मका शासकहरु भारतीय शासक वर्गका वफादार, नालायक, देशवेचुवा, पानी वेचुवा भएकै कारण भारतले नेपाललाई हेप्दै आएको तथ्यलाई कसैले पनि भुल्नु हुँदैन । सत्तामा पुग्न र टिकिरहन निम्ति वैदेशिक शक्तिको सामु चाकडी गर्नु प्रत्येक परिवर्तनमा भारतको रवैया अझ धेरै हुनु जङ्गे स्तम्भ राता रात गायब गरि आफ्नो भुमी बनाएका घटनाहरु थुप्रै छन् ।

वास्तवमा नेपालका लागि भारत कुनै मानेमा पनि असल मित्र बन्न सकेको छैन मात्र भारतको गिद्दे नजर हाम्रा नदि नाला, बन जङ्गल र प्राकृतिक सम्पदामा छ । कयौ पटक हाम्रा देशका राजनेता भनाउदाले देशको चाबी दिल्लीमा छ भनेर भाषण गरेको सुनिन्छ । के हामी भारतका गुलाम होउ त के हामी भारतकै ईसारामा नाच्ने होउ त के हामी सधै सहेर बसिरहने हो त । नेताको कुर्सी बचाउन उनीहरु बोल्दैनन् भने केही छैन हामी आफ्नो आमाको अस्मितालाई खुलेआम नङ्याउन खोज्नेका बिरुद्धमा सबै तह तप्काबाट लाग्न जरुरी छ ।
आफ्नो स्वाधीनता बचाउन हामी सबै एक जुट हुनु पर्छ । आफ्नो अस्तित्वको लागि लडाई नै हुन्छ भने हामी ज्यानको आहुती दिन तयार हुनु पर्छ । हामी यो भारतले अतिक्रमण गरेको सम्पूर्ण जमिन फिर्ता गराउन राजनीति भन्दा माथी उठि राष्ट्र बचाउ अभियानमा लाग्नु पर्छ । भारतले यसरी सजिलै हजारौ बिगाहा जमिन सजिलै लुट्दै लगेको छ ।

सबैलाई थाहा छ तर किन मौन बस्छन् । कारण एउटै हो सत्ता मोह । हाम्रा नेताको सम्पूर्ण चुनावी खर्च भारतले गर्दिन्छ अनि एक मियो जस्तो बनी रहेको हुन्छ किन नहेपोस हामीलाई । अब कुनै दलको पुच्छर समाई अगाडि हिड्नु भन्दा आमाको इज्जत बचाउन टाउकोमा कफन बाँधेर शंख फुक्दै एक बिगुल बजाउँदै युद्ध गित गाउँदै अगाडि बढ्न तयार भएर बस्ने बेला आएको छ । भारतले पटक पटक हामीलाई जिस्काइरहेको छ कहिले नाकाबन्दीको बहाना त कहिले जमिन अतिक्रमण गरेर ।


भारत हाम्रो देशमा अस्थिर भैरहोस बिकास नहोस कल कारखाना नखुलुन भन्ने चाहन्छ । आफ्नै एकाधिकार रबैया यस्तै यस्तै रहोस् । नुन देखि सुनसम्म टाँक देखि सियोसम्म भारतमै भर परोस त्यस्तै छ, हामी लाचार छौ अवस्था जटिल छ । देशमा अस्थिर भैरहे आफ्नो हैकम जमाउन चाहन्छ भारत । हाम्रो बिगतका पञ्चायत राजा महेन्द्र देखिका उदाहरण थुप्रै छन् । भारतले हरेक क्षेत्रमा एकाधिकार गर्न खोज्दै छ । प्रत्येक राजनैतिक परिबर्तनमा हस्तक्षेप देख्दा के हामी भारतको ईसारामा छौ र पहिलो संविधान सभा तुहिनुको मुख्य कारण भारत हो, नेपालमा जातिय नारा लगाई द्वन्द्व निम्ताउने सोचमा सधै भारत अगाडि रहि रहन्छ । यसरी बेसरी सताउन थाल्यो भने अति गर्नु अत्याचार नगर्नु भन्छन् । सारा नेपाली भाषा बोल्ने जति एक भए भने भारत मै पनि नेपालको समर्थनमा नेपाली भाषी उठ्न सक्छन् । भारतले आफ्नो वरिपरिका सम्पूर्ण छिमेकी देशहरु पाकिस्तान, चीन, बङलादेश, श्रीलंका, भुटानलाई कुनै न कुनै मानेमा आफ्नो रबैया देखाउन खोज्छ ।

भारतका प्रधानमन्त्री मोदीले सोच्नै पर्छ कतिसम्म छिमेकीलाई सताउने हो । यसरी नै सताउदै जाने हो भने भारतले निकट भविष्यमा निकै ठूलो मूल्य चुकाउनु पर्ने छ । एक दिन उहीँ गोर्खाली फेरि बहादुरी प्रदर्शन गर्न सक्छन् र सन्धिमा गुमेका जमिन फिर्ता माग्दै भारतका विरुद्धमा आए र भारत सँग भएका गोर्खा सैनिकले मात्र आफ्नो मातृभुमीलाई हेपेकोमा तिम्रो बिरुद्धमा राईफल उठायो भने भारतलाई निकै गारो हुनेछ ।

नेपालीहरु यदि समयमा सचेत भएनम् भने भारत आफ्नो अस्तित्वमै आच आउन सक्छ । निकै दुख दिदै गएको छ, भारतले छिमेकीहरुलाई । अब भारतको उल्टा गन्ती सुरु भएको त होइन । लिपुलेक, कालापानी हाम्रो हो भारतले अतिक्रमण गरेको जमिन सक्दो छिटो फिर्ता गर । भारतको बिस्तारवाद नीति मुर्दाबाद । जय देश जय जन्मभूमि ।

प्रतिक्रिया

प्रतिक्रिया