सतिश निरौला
थुप्रै मानिसहरुको दैनिकी फेरिएको छ, बिहानै ५:३० मा नेपालगन्ज को धम्बोजी चोकमा एकहुल मानिस साइकल मा बत्ति बाल्दै आइपुग्छ्न अनि शुरु हुन्छ नियमित दैनिकी ।
नेपालगन्जमा रहेर विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तिहरुलाइ नेपालगन्ज साइक्लिङ्ग क्लबले एकीकृत गरेको छ अनि नियमित को साइकल यात्रा समेत गराएको छ।
छोटो समयकै दौरान नेपालगन्ज मा बढ्दै गएको साइकल सस्कृती प्रती साइकल अभियन्ताहरु निकै नै उत्साहित छन् नहुन पनि किन आज ब्यबसायी, वकिल , सामाजिक अगुवा ,अधिकारकर्मी , राजनीतिक कर्मी, पत्रकार , बिद्यार्थी देखी डाक्टर सम्म यो अभियान मा समाहित भएका छन् ।

स्वास्थ , वातावरण संरक्षण र ग्रामीण पर्यटन को बिकास को मुल नारा र लक्ष्य सहित अगाडि बडेको नेपालगन्ज साइक्लिङ्ग क्लबले आफुलाइ देशभर मै एउटा अब्बल क्लब का रूपमा स्थापित गरिसकेको छ।
बाके र बर्दिया का धेरै जसो स्थान मा क्लबले साइकल बाट नै फन्को मारिसकेको छ भने भर्खर मात्र यो दशै का समय मा क्लबका सचीव गगन सिह थापाले रारा ताल देखि नेपालगन्ज सम्मको एकल साइकल यात्रा पुरा गरिसक्नुभएको छ।

स्वास्थका दृस्ठिकोण बाट अत्यन्तै उपयोगी साबित भएको छ नियमित साइकल यात्रा , नेपालगन्ज साइक्लिङ्ग क्लबमा आबद्द रहेर नियमित साइक्लिङ्ग गर्नेहरु ले १०० दिनको अवधि मा नै १५ के जि सम्म को तौल घटाएको र प्रेसर र डायबिटिज को समस्या मा सुधार आएको सुनाउछन् क्लब का नियमित साइकल यात्री सुरेन्द्र दिप कार्की ।

यो साइकल अभियान सङ्गै नेपालगन्ज मा छुट्टै माहोल आएको ठम्याइछ क्लबका उपाध्यक्ष लवराज श्रेष्ठ को उनलेे सुनाए – ” अल्छि गरेर बिहान् अबेर सम्म सुत्ने साथीहरू पनि साइक्लिङ्ग को रमाइलो र गाउँ शहर घुम्न पाउँदा र स्वास्थ आर्जन गर्न पाउँदा निकै खुशी ले उत्साहित हुँदै दिनहुँ आउने गरेका छन् ।

अहिले अभियान बिहान् को शारीरिक ब्यायाम का रूपमा बलियो ढङ्गले अघि बढेको त छ नै अब यसले बिस्तारै आगामी दिनमा थुप्रै मानिसहरू को दैनिकी नै साइकलमय बनाउन यो अभियान कोशेढुङ्गा साबित हुन सक्छ, जसरी आज नेदरल्यान्ड , डेनमार्क जस्ता विकसित र सम्पन्न शाली मुलुक मा त्यहाँ का उच्च पदस्थ ब्यक्ति हरु नै स्वयं नियमित आफ्नो कामकाज मा साइकल मा नै निस्कने गर्छन् त्यसतर्फ नेपालगन्ज ( बाँके) को नयाँ पुस्तालाई यो अभियान ले निरन्तरता पाए प्रेरित गर्न सक्छ नै।
नियमित काम र आफ्नो दैनिकी मा साइकल को प्रयोग अधिक हुन सके सडक दुर्घटना , वातावरणिय प्रदुषण न्यूनीकरण गर्न सकिन्छ भने अनावश्यक रूपमा हुने पेट्रोलियम पदार्थ को उपयोग कम भए आफ्नो मुद्रा केही भएपनी बिदेश जानबाट बचाउन सकिन्छ।
साइकल सवार गर्नेहरुले यसप्रति गर्व गर्दै हामीले वातावरण जोगाएका छौं , केही भएपनी पेट्रोलियम पदार्थ को प्रयोग घटाएका छौ र साथ साथमा स्वास्थ लाई समेत फाइदा पुगेको छ भन्ने सन्देश किशोर अवस्थाका आफ्ना छोराछोरी लाई र नजिक का नानिबाबुहरु माझ पुर्याउन सके आउदो पुस्ता सजिलोसँग साइकल लाई आफ्नो दैनिक जीवन सङ्ग जोडेर अघि बढ्ने छ।