पत्रकारिता कठिन र शक्तिको पैरवी सहज

शाहिदा बानो शाह

लोकतान्त्रिक देशमा संचार स्वतन्त्र र निष्पक्ष बसी राज्यभित्र सत्तापक्ष संग प्रश्न गर्न सक्ने र सत्तालाई मार्गदर्शन दिन हरदम तम्तयार रही निष्पक्ष र सत्य कुराहरु जस्तै सत्ता पक्षको राम्रा पक्ष, कमी कमजोरी, सुधारिएका कुरा र सुधार गरिनु पर्ने कुराहरुको बारेमा जनता समझ जानकारी पु¥याउने निकाय हो ।

अनि लोकतन्त्रको परिभाषा गर्दा विपक्षमा रहेको एक व्यक्तिलाई पनि सम्मान स्वरूप स्थान दिइ उसको एक्लो मत र विचारको कदर गर्नु हो भन्ने कुरा याद दिलाउनु पर्ने अवस्था सृजना भएको छ ।

लोकतान्त्रिक राज्यमा संचार राष्ट्रको चौथो अंग हो । तर बिडम्बना यो भनाइ र उखान टुक्का सम्म मात्र सीमित रहेको देखिन्छ । किनभने आज पत्रकारिता एकथरीको व्यवसाय भएको छ । आज पत्रकारिता गर्ने पत्रकारहरुका लागि सच्चा पत्रकार भइ सत्यतथ्यमा आधारित पत्रकारिता गर्न निकै चुनौती छन् ।

कारण छ कि पहिला पत्रकार नै व्यवस्थापन समितिमा रहेका हुन्थे तर आज परिस्थिति फरक छ आजको समयमा देश विदेश ठुलाठुला मीडिया च्यानलका व्यवस्थापन समितिमा नेता, व्यवसायी, भ्रष्टाचारी, गुण्डा नाइके र तिनका नातागोता बसेका हुन्छन् जसले मीडियाको हालत डामाडोल छ । किनभने पत्रकार र पत्रकारिता माथि व्यवस्थापन समिति हाबी रहेको छ । अब पत्रकारले यस्तो परिस्थितिमा बाध्यतावश वा पद, पेशा र सम्पतिको लोभमा परि पत्रकारितालाई दरकिनार गरी शक्तिको पैरवी र चम्चागिरी सुरु गरिदिन्छन् ।

अब आफै सोच्नुस् जब नेताले मीडियाको व्यवस्थापन गर्छन् भने राजनीतिक क्षेत्र र सरकार पक्षबाट भएगरेका कमी कमजोरीहरु खुलेर बाहिर आउंछन् त ? के पत्रकार खुलेर सरकार पक्षसंग कमिकमजोरीहरु बारे खुलेर सवाल गर्न सक्छन् त ?

जब व्यवसायीहरु मीडियाको व्यवस्थापन समितिमा बसे भने पत्रकारले बढ्दो महंगी बारे खुलेर आवाज उठाउन सक्छ त ? जब व्यवस्थापन समितिमा भ्रष्टाचारी र तिनका नातागोता बस्छन् भने के भ्रष्टाचार बारे खुलेर लेख्न सक्छन् त पत्रकार ?

जब व्यवस्थापन समितिमै गुण्डा नाइके र तिनका नातागोता बस्छन् भने के पत्रकारले गुण्डागर्दी बारे खुल्ला रुपमा लेख्न सक्छ त ? हो यिनै प्रश्नका जवाफ खोज्दै जांदा के हुन्छ त नतिजा पनि हेरौं अब ।

जब एक सच्चा पत्रकारले भ्रष्टाचार, महंगी, साम्प्रदायिक एकतामा खलल पु¥याउने तत्वबारे विश्लेषण गरी खोजमूलक पत्रकारिता गर्न खोज्छ भने शक्तिका भरमा उसको हत्या गराइन्छ उसलाई विभिन्न गैर कानूनी केसमा फसाइन्छ । यति मात्र कहाँं हो यदि पत्रकारले सरकार पक्षको कमी कमजोरीहरु समाज माझ उजागर गर्न खोज्छ भने उसलाई हत्या र अनावश्यक मुद्दाहरुमा फँसाइन्छ । ताकि अरु कसैले सत्यतथ्यका आधारमा खोजमूलक पत्रकारिता गर्ने आंँटै न गरोस् भनी शक्तिको बल जोरमा अनाहक रुपमा सताइन्छ ।

यही अवस्था छ, अहिले लोकतन्त्रमा पत्रकार र पत्रकारिताको जहां संचार कोमामा परि भेन्टीलेटरमाथि मणान्त अवस्थामा र संचारकर्मीहरु त्यस्तो हाल बेहाल देखेर मुकदर्शक भइ बस्नु परेको छ ।

अब शक्तिका भरमा पारिने यी झमेला पर्नु भन्दा बरु चम्चागिरी गर्नु नै वेश भनी सोचेर पत्रकारहरुले शक्ति ओहदामा बसेकाहरुकै पैरवी गर्न थाल्छन् । यो मानेमा कि कम से कम कुनै झमेला बिना दाल रोटी त चल्छ अनि बालबच्चा,घरपरिवार र जीउज्यान त सुरक्षित रहन्छ । यिनै कारणले गर्दा आज देशमा लोकतन्त्र आइसक्दा पनि पत्रकारिता गर्न कठिन र पैरवी गर्न सजिलो छ । ( अधिकारकर्मी शाह सामाजिक क्षेत्रमा क्रियाशील छन् ।)

प्रतिक्रिया

प्रतिक्रिया