बसन्त शर्मा
‘जहाँ समाचार होइन विज्ञापन,फेक न्युज र धारणा किन बेच भईरहेको छ’
पत्रकार र सञ्चार माध्यम अझैं अहिलेको बोलिचालिको भाषामा भन्नु पर्दा ‘मीडीया’ सूचना सम्प्रेषण गर्नु भन्दा पनि धारणा सम्प्रेषण गरीरहेका छन् ।
घटेका घट्नालाई सम्प्रेषण गर्नुको ठिक विपरीत मीडीयाले समाचार बनाए पछी घट्ना घटि रहेका प्रसस्तै उदाहरणहरु छन् । समाचारमा विचारको प्रभाव रहनु हुँदैन् भन्ने सामान्य पत्रकारिताको मूल्य र मान्यता विपरीत अहिलेका मीडीया सूचना सम्प्रेषण भन्दा धारणा बाँड्दै छन् । अनि (अपवादका वाहेक ) सम्पादकहरु फुर्सदीला छन् । वास्तवमा सम्पादकहरु काम नै गर्दैनन् आजकाल । अधिकाशं सम्पादकहरु अमुक दलका अमुक नेताहरुको नजिकका छन् । अनि सोही बमोजिमको लविगंमा अधिकाशं समय विताइरहेका छन् । अनि भ्रम यति सम्म छ कि उनिहरुलाई पुरै सत्ता उनको कोटको बाँया तिरको खल्तिमा छ । जब हो यस्तो कि सम्पादकहरु अमुक दलका नेताहरुको खल्तिमा आँफु कैद भएको हेक्का छैन ।
समाचार ब्रेक गर्ने, भ्युअर बढाउने, लाइक र कमेन्ट बढाउने ध्याउन्नमा संवाददाता वा डेस्कमा वस्ने पत्रकार वा विज्ञापन दातालाई पुरै अख्तियारी दिएकाछन् सम्पादकहरुले । सम्पादक सबै कुरा नजर अन्दाज गरेर बसीरहेका छन् । कुनै बेला सम्पादकीय स्वतन्त्रताका लागी जाग्ने सम्पादक मण्डल अहिले सामान्य समाचारका मान्यतलाई पनि लागु गर्न सकिरहेका छैनन् । डिजिटल मीडीयामा अभ्यस्त नभएका अघिललो पुस्ताका सम्पादकहरु त नाममा मात्रै सम्पादक छन् झैं देखिन्छन । सम्पादक सेलेब्रेटी बन्न अग्रसर छन्, सम्पादक सम्पादनमा भन्दा अन्य पावरको एक्र्ससाइजमा उत्सुक देखिन्छन् र आँफुलाई शक्तिशाली देखाउन उद्दत रहन्छन् ।
पत्रपत्रिका,रेडीयो र टेलिभिजन भन्दा अनलाइन समाचारका पोर्टलहरु अहिले समाचार भन्दा धारणा बनाउने अभियानको लिगलिग दौडमा कुदी रहेकाछन् । आजकाल एक खाले मीडीया सत्ता सँगै हिंडी रहेकाछन्, केही मीडीया सत्ताको विरोधमा उत्रिएका छन् । तर मीडीया त प्रश्न सोध्न सक्नेगरी समानान्तर चल्न सक्नु पर्छ भन्ने मेरो मान्यता हो ।
सिद्धान्त र विचार ब्यक्त गर्नु एउटा पक्ष हो तर कुनै विषयको गाम्भिर्यतालाई नबुझेर धारणा बनाउने कामलाई अहीलेका मीडीयाले खरिद गर्छन अनि विज्ञापन सँग त्यही विषयलाई विक्री गर्छन् ।
आजकाल समाचार भन्दा झुट्टा समाचार बढी सम्प्रेषण भएका छन् अर्थात फेक न्युज । टेक्नोलोजि र विभिन्न एप्पसको प्रयोग गर्दै बनाइने शत प्रतिशत झुट समाचार सामाजिक सञ्जालमा भाइरल हुन्छन । त्यस्को सत्यतालाई कसैले खोज्दैन, केवल धारणा राख्दछन । सत्य कुरालाई कम्जोर प्रमाणीत गर्न धारणा बनाइँदैछ । यो कस्का विरुद्ध कतिवेला प्रयोग हुन्छ भन्न सकिंदैन । तपाइका विरुद्ध चाहे तपाइका, विरुद्ध मेरा विरुद्ध चाहे मेरा विरुद्ध । फेक न्युज यति धेरै कभरेज हुन्छन कि आम नागरिक त्यसलाई साँचो हो कि भन्ने धारणा बनाउन बाध्य हुन्छन,यहाँ ।
अब मीडीयामा उल्लेख भएका कुरालाई आधिकारीक रुपमा सत्य मानेर रिफ्रेन्स दिने समयको अन्त्य भएको हो भन्न सकिन्छ । मीडीया यति धेरै स्खलीत हुनुमा सूचना र समाचारको साटो धारणा बनाउने उद्योगलाई बढावा दिइनुले हो । नेपालमा मीडीयाको विश्वसनियता खस्कंदो छ । विज्ञापन पाउने आशामा उल्टो वा सुल्टो जे पनि सदर गर्न मीडीया तयार छ । तर युरोप र अमेरीकामा अहिले पनि मीडीया रेभेन्युमा भर पर्छ,विज्ञापन गर्ने कम्पनि त्यहाँ पनि होलान नि त । त्यहाँ पत्रिका नगद विक्रि ७० प्रतिशतको हाराहारीमा छन, अनि अनलाइन र टेलिभिजन पनि । तर नेपालमा मीडीया विज्ञापनमा निर्भर छन् । भिन्नता भनेको यो हो ।
प्रेस स्वतन्त्रताका नाममा धारणालाई बढावा दिइदै आइएको छ, नेपालमा । अमेरीकामा अहिले स्लो समाचारको अवधारणा अघि बढेको छ, यहाँ ब्रेकिङ्ग न्युजको । यो हो सभ्य समाज र हामी बीचको भिन्नता । पश्चिममा नागरिकहरु सत्य कुरा समाचारमा कम भयो भनेर शर्तक हुँदै गर्दा त्यहाँका मीडीयले आप्mनो नीतिमा वदलाव ल्याउन बाध्य हुनु भनेको नै स्लो समाचार सम्प्रेषण गर्ने नीति हो । अर्थात ब्रेकिङ्गको नाममा सत्यता मारेर सम्प्रेषण गरेका समाचार नागरिकले रुचाएनन र रुचाउँदैनन् । फेक न्युजको शिलशिला यति धेरै भयो कि त्यहाँ फेक न्युजमाथि अनुसन्धान गर्ने परिपाटीको विकास भयो ।
मीडीया र पत्रकारले अहिले प्रश्न सोध्न छाडी सके, आजकाल उनिहरु धारणा माग्छन् । जो पत्रकार ६ वटा प्रश्न सोध्न सक्दैन जो मीडीया प्रश्नकर्ता राख्दैन त्यहाँबाट नागरिकले के सूचनाको आशा राख्ने ?
जुन देशमा सरकार, सेना तथा प्रहरी र कर्पोरेट वर्ग सँग जब मीडीया टाइअपमा हिंड्न थाल्छ अनि प्राय सबै झुटको विषय नै हाम्रा लागी सहि समाचार बनेर आउँछन् । म फेरी भन्छु अहिलेको अधिकाशं मीडीयामा सूचना छैन यदी केही छ त भने त्यो हो–धारणा । सूचना र समाचार कदापी धारणा होइनन । अनि धारणा कहिल्यै समाचार र सूचना होइनन् ।
मीडीयामा धन र धर्मको प्रयोग बढ्न थाल्यो । जस्ले मीडीयालाई बाँच्न सजिलो हुने बनायो र समाजलाई विभक्त गर्दै लाइक,कमेन्ट अनि भ्युअर बढाउन सघायो । तर नागरिक सत्य देखी टाढा हुँदै जानु पर्ने अवस्था ल्याउँदै छ ।
अक्सर मीडीया अहिले हरेक तरिकाले द्वन्द्व कायम रहिरहोस भन्ने चाहन्छन् । द्वन्द्व कै बीच धारणा विक्री हुन्छ । समाचार खोज्ने समय र त्यसका लागी लाग्ने लगानी भन्दा सजिलो धारणा बनाउन सहज छ । जो कोही मानिस मीडीयाको यो जगजगीमा लाइमलाइटमा रहन चाहन्छ, त्यसका लागी धारणा राख्न सजिलो छ । यही धारणाको परिधिमा मीडीया घुमीरहेको छ । आम रुपमा मीडीया सहि सूचना सम्प्रेषणमा भन्दा भ्रममा राखिरहेका छन् हामीलाई ।
यो भयावह अवस्थाका बीचमा पनि केही मीडीया र केही पत्रकारहरु समाचार खोजिरहेकाछन्, सूचना सम्प्रेषण गरिरहेका छन, तर ति मीडीया र पत्रकारहरु आर्थिक रुपमा कम्जोर अवस्थामा छन्,जो नैतीक रुपमा बलिया भएपनि । आजका अधिकाशं मीडीया सुसूचित गर्नुको सट्टा फेक न्युज र धारणा प्रवाह गरेर वास्तवमा नागरिकसँग खेलवाड गरिरहेका देख्छु ।
यदी यही प्रक्रिया चलिरहने हो भने एउटा समय यस्तो नआउला भन्न सकिन