विद्यमान यस प्रकारको सोचाईको ठाउ“मा ‘केही हु“दै छ वा हुनेवाला छ’ भन्ने भावनाको विजारोपण मात्र पनि गर्न सक्ने हो भने देश परिवर्तन हुन बेर लाग्ने थिएन जस्तो लाग्छ ।
– प्रा.डा.जनार्दन आचार्य
यो जनपक्षीय दैनिक पत्रिका, दैनिक नेपालगन्जमार्फत मलाई समग्र नेपालगन्जको विकास र निर्माणसंग सम्बन्धित रहेर निकै दिन देखि चर्चा गर्न मनथ्यो । दैनिक नेपालगन्जले निरन्तर विकास र निर्माणसँग जोडिएर गरिरहेका बहसका कारण पनि बोल्नु सान्दर्भिक लागेको हो । मलाई लागेका केही कुराहरु सरोकारवालाहरु सामु राख्नै पर्ने खुल्दुली विगत केहि महिना देखि मेरो मन र मष्तिष्कमा थिए । तिनै आवेग र भावनाहरुलाई समेटेर तपाईको पत्रिका मार्फत जनसाधारण समक्ष प्रस्तुत गर्ने अभिप्रायबाट यो लेख तयार गरेको छु ।
यति बेला मुलुक इतिहासकै जटिलतम् मोडमा छ । सरकारका कुनै पनि अंग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका अतिरिक्त चौथो अंग समेतलाई आफू स्वयंले दशकौं लगायर निर्माण गरेको साख समेत बचाई राख्न धौ–धौ परेको भान हामी समेतलाई हुने गर्छ । अर्थात् समग्रमा भन्नु पर्दा यति बेला राज्यका कुनै पनि अंगहरु विधिसम्मत तरिकाबाट आफ्ना दायित्वहरु निर्वाह गर्न सक्ने अवस्थामा देखिदैनन् भने मुलुकले ठूलै मुल्य चुकाउनु पर्ने अवस्था आई त पर्दैन ? भन्ने आशंकाका चर्चा सर्वत्र हुनुलाई अस्वाभाविक वा मनगडन्त विचार भन्न सकिने अवस्था पनि छैन । अर्थात् यति बेला देश भित्र चारैतिर निराशा अनि कुण्ठा व्याप्त छ । जसको निराकरण आजको पहिलो आवश्यकता हो ।
यति मात्र कहाँ हो र सरकारका तिनै अंगमा कार्यरत पदाधिकारीहरुमा नियम कानून मिच्दै आफु र आफन्तका लागि के र कसरी ? आर्जन गर्न सकिन्छ भन्ने सोंच र भावनको विकास अत्यधिक मात्रामा भएको छ भन्दा अत्युक्ति नहोला । त्यसैले पनि होला देशको कुनै पनि क्षेत्रमा बसोवास गर्ने नागरिकहरुले आफुहरु राज्यबाट सुरक्षित र संरक्षित भएको अनुभूति गर्न पाएको अवस्था समेत देखा पर्दैन । भन्नलाई यतिखेर देश भित्र पहिलो पटक (२०४६ साल पछि) पूर्ण बहुमत प्राप्त वाम दलहरुको सरकार छ । त्यसमाथि स–साना दलहरुको समर्थन र साथबाट बनेको यो सरकारले आफ्नो पूर्ण आयु पुरा गर्ने कुरामा शंका गर्ने ठाउ“सम्म छैन । तर यति हु“दा–हु“दै पनि यो सरकारको कार्यशैली तथा नेतृत्वको व्यवहारले यो पा“च बर्षभित्र देशमा लुटमार र गुलामीको संस्कारले स्थापित मान्यताको रुप लिने त हैन ? भन्ने आशंकाले सामान्य जानकारी राख्ने नागरिक त्रसित र स्तब्ध छ । तर, सरकार र नेताका वरि–परि बस्ने व्यक्ति र समूहहरु यद्यपि सरकारको प्रशंसा गरेर थाक्दैनन् ।
नेपालगन्ज प्रतिको आकर्षणलाई बचाई राख्न र अझ थप आकर्षक बसोवास योग्य शहर बनाउन सरोकारवालाहरु सबैले इमान्दारितापूर्वक आ–आफ्नो भूमिकामा उभिने बेला भै सक्यो यसको चर्चा आजको प्रमुख एजेण्डा बन्नु पर्दछ ।
सरकारको गठन पश्चात विगतबाट (मिलिजुली सरकार) विरासतमा प्राप्त बेथिति, अस्तव्यस्तता र गैर काूनी असूलीको दायरा केही हद सम्म सा“घुरिएला भन्ने सोंच म जस्तै सर्वसाधारण नागरिकमा व्याप्त थियो । तर लगभग पन्ध्र महिना बितिसक्दा पनि केही आयोजनाको शिलान्यास र केहिको उद्घाटन (नगण्य) बाहेकका कुनै पनि विषय वस्तुलाई गम्भीरतापूर्वक लिएर टु·ोमा पु¥याएको भने देखिदैन ।
आजका मिति सम्म देशको हरेक तह र तप्कामा ‘केहि हुनेवाला छैन’ भन्ने मनोभाव व्याप्त हँुंदै गएको देखिन्छ । विद्यमान यस प्रकारको सोचाईको ठाउ“मा ‘केहि हु“दै छ वा हुनेवाला छ’ भन्ने भावनाको विजारोपण मात्र पनि गर्न सक्ने हो भने देश परिवर्तन हुन बेर लाग्ने थिएन जस्तो लाग्छ । यस्तै–यस्तै कहाली लाग्दो राष्ट्रिय परिवेशको सन्दर्भ एकातिर छ भने अर्कोतिर तपाई र म स्वयं बसोवास गरेको जिल्ला र उप–महानगरपालिकाको कथा व्यथा पनि कम चिन्ताजनक छैन । किन भने यहा“का राजनीतिक दलका नेता, प्राज्ञहरु, व्यवसायीहरु, उद्योगी, व्यापारी, सरकारी सेवामा आउने र जाने कर्मचारी र तिनको पेशागत दक्षता र क्षमतालाई हेर्दा खासै आशलाग्दो अवस्था देखा पर्दैन । दिर्घकालिन साेंच र भविष्यका चुनौतीहरुको आंकलन गर्न असमर्थ नेतृत्व कै कारणबाट नेपालगन्ज अतिसुगम र सम्भावना बोकेको शहर हु“दा–हु“दै पनि विकास र व्यवस्थित शहरीकरणका आशलाग्दा संकेतहरु देखा परिराखेका छैनन् । यसबारे सर्वसाधारण अलि चनाखो हुन जरुरी छ ।
नेपालगन्ज, नेपालकै सन्दर्भमा बसालिएको नयाँ तत्कालिन रुपमा व्यवस्थित शहर हो । तर यसलाई समयानुकुल थप व्यवस्थित र परिमार्जन गर्ने प्रयासहरु विगतमा भएको पाइँदैन । यो शहर अस्वस्थ बच्चा जस्तै स्वयं फैलिदै गयो वा विस्तार भयो जसको पुष्टि सदरलाइनसंगै जोडिएका उत्तर–पूर्व र पश्चिम तिर रहेका साँघुरा गल्ली र त्यहा“को बसोवासले गर्छ । हैन भने मुख्य बजारको प्रभाव भित्रि बाटाहरुमा समेत पर्नुपर्ने हो ? किन परेन ? त्यति मात्र कहाँ हो र यहा“का रैथाने (पुराना) बासिन्दाहरुको आवत–जावत अन्य जिल्लाहरुको तुलनामा नव निर्मित भारतीय शहरहरुसंग निरन्तर थियो तर पनि नेपालगन्जलाई व्यवस्थित र सुन्दर बनाउने दिशातर्फ कुनै पनि नेतृत्वबाट परिणाम मुखि काम भएनन् वा त्यो पहल त्यतिबेला सम्भव थिएन ? त्यसैले मेरो बुझाईमा सबै भन्दा पहिले यहाँ बसोवास गर्ने मानिस र समुदायको सामाजिक सम्बन्ध र सामाजिक मनोविज्ञानको अध्ययन आजको पहिलो सर्त हो जस्तो लाग्दछ ।
निःसन्देह, आजको सन्दर्भमा कुरागर्दा नेपालगन्ज र यसका वरिपरिका गाउ“हरु पक्की सडक (कालो पत्रे) को संजालबाट जोडिएका छन वा निकट भविष्यमा जोडिने छन् । (मापदण्ड बारे चर्चा नगरौंं) जे भए पनि हामिलाई कालोपत्रे बाटोमा हिड्ने अवसर मिलेको छ । तर, हामीले के कुरा बिर्सन हँुंदैन भने बाटोले मात्र कुनै पनि वस्ती र शहरलाई बचाई राख्न सम्भव छैन । त्यसैले यदि यो ऐतिहासिक नगरिलाई समयानुकुल (शिक्षा, स्वास्थ्य र सुरक्षा) बनाउन यो पुस्ता चुक्यो वा असफल भयो भने नेपालगन्ज ‘एकादेशको शहर’ मा परिणत हुन धेरै दिन कुर्नु पर्ने छैन ।
यो छोटो लेखमा शहरका सम्बन्धमा सबै पक्ष समेट्न सम्भव छैन तर पनि यदि नेपालगन्ज प्रतिको आकर्षणलाई बचाई राख्न र अझ थप आकर्षक बसोवास योग्य शहर बनाउन सरोकारवालाहरु सबैले इमान्दारितापूर्वक आ–आफ्नो भूमिकामा उभिने बेला भै सक्यो यसको चर्चा आजको प्रमुख एजेण्डा बन्नु पर्दछ । किन भने, अब न त सद्भावको शहर न रावडी र चाटको शहर न त एक मात्र शिक्षाको केन्द्र भन्ने पुरानो भनाइले मात्र यो शहरको पुनः जागरण सम्भव छैन । किनभने आजको पुस्ताले (डिजिटल युग) आफू वरिपरिको परिवेशको निरिक्षण र मूल्याङ्कन गरिसकेको छ । न त अब उसलाई त्रि.वि.वि. को एकमात्र कलेज, नत भर्नाका बेला गरिने अत्याधुनिक प्रसार–प्रचारको शैलीबाट मात्रै आजका विद्यार्थी र अभिभावकहरुलाई झुक्याउन सकिने अवस्था छैन । यसका अतिरिक्त भर्ना हु“दाका बखत पास हुने ग्यारेन्टीको लोभमा भर्ना गरिएका विद्यार्थी र परिक्षामा फोटोकपी सप्लाई र आपसी मिलेमतोमा परीक्षा केन्द्र तोक्ने प्राज्ञहरु तथा विरामी रिफर गर्ने (कमिशनमा पल्केका) चिकित्सकहरु र दुई पैसा सस्तोको लोभमा सिमापारि जाने (जनता) क्रेता अनि कर छलेर व्यापार गर्न पल्केका व्यापारी नोकरी अवधिको अन्तमा आउने राष्ट्रसेवकका अतिरिक्त शैक्षिक एवं स्वास्थ्य संस्थाका संचालकहरुमा जबसम्म पेशागत इमान्दारिता र स्वाभिमान जाग्दैन नेपालगन्जले अन्य उदियमान शहरहरुसंग प्रतिस्पर्धा गर्न त्यति सजिलो छ जस्तो लेखकलाई लाग्दैन । अतः यसबारे सरोकारवालाहरुबीच गम्भीर बहसमा ढिला गरिनु हुँदैन । (राजनीतिशास्त्री, प्राध्यापक डा. आचार्य पछिल्ला दिनमा विकास निर्माणका लागि राष्ट्रिय÷अन्तर्राष्ट्रिय संस्थामा परामर्शदाताका रुपमा सक्रिय हुन्छन् ।)