आशीष अग्रवाल
अहा ! नामको उच्चारणले नै मनभित्र कति सकारात्मकता ल्याउन सकेको होला । कति निर्मल, कति ममतामयी, कति दानी, कति सोझो, आदि कैयौं विश्लेषणात्मक चित्रहरु मनभित्र कोरिएर आउँछन् । यसो हुनुको कारण के हुन सक्छ । विचार गरौँ ।
कारण हो हामी नेपालका सन्ततिहरुको रगरगमा मानवता भन्ने गुण भरिपुर्ण हुनुको लागि हाम्रा पुर्खाहरुले हामीलाई सिकाएको नैतिकताको पाठ । हिन्दु धर्मको सार पनि यहि मानवीय नैतिकता हो ।
हिन्दुत्वले सिकाएको छ, सानो भन्दा सानो परोपकार गर्नेको पनि गुण कहिल्यै बिर्सन हँुदैन । अर्काको पीडालाई बुझ्न सक्ने क्षमता विकसित गर्ने गुण नै हिन्दुत्वको लक्षण हो । हिन्दुत्व मात्र होइन इस्लामले पनि आमाको दुधलाई दिएको महत्व हामी सबैलाई विदित नै छ । अन्य जुनसुकै धर्म होस् परपीडा प्रति सजग एवम् परोपकार प्रति कृतज्ञ हुन धर्म मात्र होईन मानवीय दृष्टिले पनि महत्वपुर्ण हुनुमा दुई मत हुन सक्दैन ।
खै के भएको होला यस गुणलाई ? कहाँ र कसकसलाई दोषाणरोपण गरौँ ? मन व्यथित छ कि स्वंमलाई कसरी उम्किन दिउँ ? समाज किन उदासिन भएको होला ?
गोजीमा विशालकाय बजेट भएका स्थानीय जनप्रतिनिधिहरुले सहकार्य गर्न सक्दैनन् ? हाम्रै नागरिक समाजले समेत ४÷५ सय गाईको पालन गर्न नसक्नु निर्लज्ज समाजको रुपमा कलंकित हुुन बाहेक केही पनि देखिंदैन । एनजिओ÷ आइएनजिओको संख्या गन्ने हो भने एउटा भन्दा बढि गाई कसैको जिम्मामा आउने थिएन । लायन्स, लिओ, जेसीज, रोटरी राजनीति गर्न बाहेक फुर्सद भएन होला । व्यापार संघ, कर्मचारी संघ, शिक्षक संघ, जस्ता अनगिन्ती नेतृत्वदायी संस्थाहरु किन मौन रहे होलान ? राष्ट्रिय जनावरको संरक्षण गर्न हाम्रो सम्पुर्ण तन्त्रहरु अक्षम सिद्ध भएको नै हो त ?
हाम्रो जन्मकाल देखि नै हाम्रो आहार हुन्छ दुध । आमा भएको भाग्यमानीहरुले आफ्नो आमाको दुध पिएर हुर्कन्छ र केही समय पश्चात उनको परिचय हुन्छ अर्काे दुध संग जो हुन्छ गौ माताका दुध । अझ शैशवकाल मैं आमा गुमाउनेहरुको झन एकमात्र सहारा हुने गर्दछ, यो गौमाताको दुध । यसरी एक बच्चालाई जीवन प्रदान गर्न सक्ने गुणलाई उच्च मुल्याङकनको साथ यसलाई दुधको सट्टा जीवन प्रदायक ‘अमृत’ भन्नु पर्छ । यस्तो अमृत प्रदायीनीको उपकारहरु कसरी बिर्सन सकिन्छ । दुध मात्र नभई अनगिन्ती उपकारहरु छन् गौ वंशको मानव जाति माथि ।
नेपालगन्जमा यतिबेला गाईकै चर्चा र चुनौती छ । त्यो पनि भारतीय योगदानको उपजका पमा देखिएको छ । मलाई लाग्छ, कसरी बिर्सन सकेको होलान् त्यो भारत उत्तरप्रदेशका हिन्दुुत्ववादी सरकार र उसको योगी आदित्यनाथज्यु ले । के कति कारणले उत्तर प्रदेशबाट धपाइएका हुुन् यी गौवंशहरु ? जुन हिन्दुत्वको कारणले आज उत्तरप्रदेश मात्र नभई भारतवर्षमा भा.ज.पा.को प्रखर अनुुकरणीय सरकार चलिरहेको छ, के उनी यस हिन्दुत्व की प्रतीक गौवंशको पालनमा अक्षम भए ?
उनीलाई मात्र के भन्नु हाम्रो आफ्नो राष्ट्रिय जनावरको संरक्षण गर्न नसक्ने हाम्रो देशलाई के भएको होला ? मात्र ३÷४ सय गौवंशको पालन गर्न हाम्रो सम्पुर्ण तन्त्रहरु अक्षम सिद्ध भएको नै हो त ? गोजीमा यति विशालकाय बजेट भएका स्थानीय जनप्रतिनिधिहरुले हात बढाएर यस गौवंशको लालनपालन, प्रबद्र्धन गरि यस कृषि प्रधान देशको गौ धनको रुपमा स्थापित गर्न सक्दथे । अथवा हाम्रै नागरिक समाजले समेत जम्मा ४ सय वटा गाईको पालन गर्न नसक्नु निर्लज्ज समाजको रुपमा कलंकित हुुन बाहेक केही पनि देखिंदैन । हाम्रो यहाँका एनजिओ÷ आइएनजिओको संख्या गन्ने हो भने एउटा भन्दा बढि गाई कसैको जिम्मामा आउने थिएन होला । लायन्स, लिओ, जेसीज, रोटरी जस्ता सामाजिक संस्थाहरु लाई राजनीति गर्न बाहेक फुर्सद नभएको पनि हुुन सक्दछ । व्यापार संघ, कर्मचारी संघ, शिक्षक संघ, जस्ता अनगिन्ती नेतृत्वदायी संस्थाहरु किन मौन रहे होलान ?
मनले आर्त पुकार गर्दछ । कसरी लडेका होलान् भिरबाट ती गाईहरु । यहाँ एउटा रोचक गुण गाईको बारेमा उल्लेख गर्दा आँखाबाट आँसु झर्दछ कि गाईको खुुट्टामा उकालो सिढी चढ्ने क्षमता त विद्यमान हुन्छ तर ओरालो सिढी झर्न सक्ने गुणा गाईको घँुडाहरुमा हुँदैन । एक दुई कदम पनि तल झर्न नसक्ने जीवलाई त्यो भिरको ओरालो झर्न परेको खण्डमा कस्तो मर्माहत पिडा भोग्नु परेको होला । पापीहरु एकछिन आँखा चिम्लेर विचार गर ।
पापी को हुन यो प्रश्न ठुलो होइन पाप किन भयो यो यक्ष प्रश्न हो ।
हे मानवता तिमी कहाँ हरायौ ।
कल शहरमे सरेआम, हुआ है एक कत्लेआम
ईस क्रुरताको खिलाफ कब शम्शीर उठेगी
ह ेराम मेरी गौ माँ, कब तक यु पीड सहेगी