हामीले सही रुपमा दही कुज्जा, रावडी, बिरियानी, पान लगायतका आफ्ना उत्पादनलाई ब्राण्डिङ्ग र मार्केटिङ्ग मात्रै गर्न सकिरहेका छैनौं ।
बसन्त शर्मा
सात आठ वर्षको उमेरमा बत्तीस इन्चको साइकल ‘कैंची’ चलाउँदै त्रिभुवनचोक पुगेर ‘कुज्जामा’ दही किनेर ल्याउँदा मेरो सोंचमा कतै पलाएन कि आज जस्तो प्लाष्टिकका पोकामा यसरी दही बोकिएला भनेर, अनि यो पनि थाह थिएन की समाजमा ‘कैंची’ यसरी चल्छ भनेर !
आजकल गीतसंगीतमा सालको पातको चर्चा, अनि काठमाडौंमा मट्का चियाको प्रयोग बढी रहँदा नेपालगन्जमा कुनै बेला कुज्जामा सालको पातले छोपेर दही खरीद गरेको कसरी बिर्सन सक्नु है ?
भक्तपुरको जुजु धौ को ब्राण्डिङ्ग कसैले कुनै युनिभर्सिटीमा कोर्ष गरेर भित्र्याएका थिएनन, हामीले नेपालगन्जकै दही मट्ठालाई कुज्जामा ब्राण्डिङ्ग गर्न नसक्ने पक्कै होइन् । ख्याल गर्नु पर्ने कुरा सरसफाई र गुणस्तर हो ।
मलाई लाग्छ नेपालगन्ज र यसको सेरोफेरो नै एउटा ब्राण्ड हो आफैमा । ब्राण्डिङ्गलाई आप्mनो स्थानीयतासँग जोडेर ब्यवहारिक रुपमा लागु गर्ने प्रयासमा अघि बढौं भनेर एक कदम अरु थप्छु ।
रुपैडीया जाने बाटोको चौलिक्कामा रहेको परोठा र हलुवा कति विक्री हुन्छ,हामीलाई थाह छ ? तर ब्यवस्थापन हुन नसक्दा ग्राहहरु सन्तुष्ट छैनन् । नेपालगन्जको विरियानीको पनि आप्mनै खाले स्वादले माग बढ्दो
छ । नेपालगन्जले त्यसको ब्राण्डिङ्ग त कमायो मागलाई धान्न सकिरहेको छैन् । माग पुरा गर्न धौ धौ भएको छ ।
यो ब्राण्ड र ब्राण्डिङ्गको कुरा आँफैमा एउटा क्रियशन पनि हो । हामी कुनै नौलो वा ख्याति कमाइसकेको ब्राण्डसँग तुलना गरेर यसो होला वा उसो होला, नचल्ने पो हो कि भनेर दोधारमा रहन्छौं । सफलता खोज्ने हो भने केही हद सम्मको जोखिम त मोल्नै पर्छ ।
मेरा मित्र जो सन् २०१८ मा नेपाल आएका मध्येका एक स्वीस नागरिक हुन सरजियो स्ट्र«ट, एक पटक कसैले उनलाई नेपालगन्जको रावडीका बारेमा सुनाएका रहेछन्, जब उनलाई म नेपालगन्जको भन्ने थाह भयो थुप्रै पटक रावडी ल्याउन आग्रह गरे बमोजिम मैले उनलाई नेपालगन्जको रावडी खुवाएँ, उनि भन्थे स्वीस चकलेट भन्दा कम छैन । खाना पछिको डिजर्टमा गजब हुन्छ । नेपालगन्जको चार्टको पनि कम चर्चा हुँदैन । केवल हामीले सही रुपमा यी उत्पादनलाई ब्राण्डिङ्ग र मार्केटिङ्ग मात्रै गर्न सकिरहेका छैनौं ।
हरेक ठाउँको खाने कुरा र स्वाद त्यहाँको मौषम र उत्पादनमा धेरै हद सम्म भर पर्दछ । त्यसैले नेपालगन्जमा लामो अवधि गर्मी हुने भएकाले हामीले त्यसै अनुसारका उत्पादनलाई ब्राण्डिङ्ग गर्न सक्नु पर्छ । हामी कतिपयलाई थाह होला लच्छा राखेको लस्सि नेपालगन्ज बाहेकका अन्य नेपालका शहरमा मुस्किलले पाइएला तर आजकाल नेपालगन्जमा नै लच्छा राखेको लस्सी मुस्किलले पाइने अवस्था भइसक्यो । गन्नेका रस अर्थात उखुको रस पनि यहाँको माग हो ।
कतिपय युरोपका देशहरु, छिमेकी देश भारत र चीनमा त्यहाँको स्थानीय उत्पादनलाई ब्राण्डिङ्ग गरेर ब्यवसाय नाफामा चलीरहेको पााइन्छ । त्यहाँ पुग्ने पर्यटकहरुलाई त्यसको स्थानीय स्वादले वर्षौं सम्म तानिरहन्छ ।
आज तपाई हामी जो कफी र पिज्जाको स्वाद लिइरहेका छौं नि त्यो श्रेय इटलीले वषौं पहिले ब्राण्डिङ्ग गरेर कमाइसक्यो । चक्लेटमा स्विट्जरल्याण्डले कमाएको ख्याति र स्वीसले समयलाई दिने महत्व आँफैमा ब्राण्डिङ्ग हो । जबकी त्यहाँ त आप्mनो देशको कुनै भाषा नै छैन् । तर पनि जुन भाषा बोल्छन् सभ्य भएर बोल्छन् ।
अब म फेरि कुज्जाको दहीमा फर्काउन चाहन्छु यहाँहरुलाई, यस बीचमा नेपालगन्ज उप महानगरपालिकाले प्लाष्टिक झोला नबोक्न नगरमा जनचेतना फैलाउने हेतुले प्रचार प्रसार गरेको श्रब्य दृश्य सामाग्रि सुन्दा सकारात्मक कदम चालेको अनुभव भयो । कतै वडा अध्यक्षहरु, मेयर र उप मेयरले चुनावका बेला मत मागे कै अन्दाजमा हात जोडेर प्लाष्टिकका झोला प्रयोग नगर्न गरेको आह्वान सहितका ब्यानर पोलपोलमा झुण्ड्याइएका तस्विरले सन्देश त राम्रै दिन खोजेको पाएँ । तर सन्देश दिएर मात्रै नपुग्ने देखियो ब्यवहारमा पनि लागु होस भन्ने पक्षमा हामी नगरवासीको कदमको खाँचो देख्दछु ।
हो त्यही कुज्जा बनाउने समूदायको उचित पहिचान सहित उक्त समूदायलाई वा ब्यक्तिलाई उप महानगरमा सहुलियत दरमा ऋण सहयोग उपलब्ध गराउन सक्ने हो भने प्लाष्टिक झोला नबोक्ने अभियानलाई पनि साथ मिल्ने थियो कि ! मलाई सम्झना छ नेपालगन्जको गणेशपुर लगायतका टोलमा कुम्हार र अन्य जातीले कुनै बेला कुज्जा सहितका माटाका भाँडा उतपादन गर्ने गर्दथे तर प्लाष्टिकको बढ्दो प्रयोगले त्यो व्यवसाय ओझेलमा पर्दै गयो । प्रविधिले गर्दा अहिले टाँगाको सवारी विस्थापन भए जस्तै । हामी भारतका केही शहर गयौं भने उँट र चितवन पुग्यौं भने हात्तीको सवारी गछौं त्यसैगरी टाँगा ब्यवसायलाई पनि संरक्षण होस् भन्न चाहन्छु । टाँगा ब्यवसायलाई ब्यवस्थित गरे वातावरणमा हुने प्रदूषणमा पनि केही हदसम्म नियन्त्रण हुन सक्छ । देशभरीबाट नेपालगन्जमा आउनेलाई टाँगाको सवारी मनोरञ्जनात्मक पनि लाग्छ ।
अब थोरै कुरा कैंचीको, कैंची केही वस्तु वा चिज काटन प्रयोग हुने साधन हो । विज्ञानका विद्यार्थीहरुले यस्को थप परिभाषा पनि देलान् । तर हामी र हाम्रो समाजको जुन नकारात्मकता उन्मुख सोंच छ त्यसको प्रभावले गर्दा केही राम्रा कामहरुमा पनि कैंची चल्ने गर्दछ । स्थानीय तह वा कुनै व्यवसायी वा कुनै कम्पनिले शुरु गरेको राम्रो काम माथि अनावश्यक कैंची चलाउने प्रवृत्तिले पनि नेपालगन्जको ब्राण्ड प्राय कमजोर पर्न जान्छ ।
पर्यावरणीय दृष्टिकोणले माटाका भाँडा प्रयोग गर्नु उपयुक्त हो । वातावरण स्वच्छ राख्न पनि माटाका भाँडाको प्रयोग आँपैmमा प्लाष्टिकको विकल्पका रुपमा हुन सक्छ ।
नेपालगन्ज भन्ने वित्तिकै काठमाडौं वा अन्य जिल्लाका आगन्तुकले मच्छड (लामखुट्टे) र गर्मीका कारण विर्सदैनन् तर हामी अबको पुस्ताको काँधमा त्यो पुरानो चिनारीको अवस्थाबाट नेपालगन्जलाई स्वच्छ सफा हराभरा अनि खानपानको स्वादले पनि मनोरम बनाउने बाटोमा पाइला अघि बढाउन सक्नु पर्ने बेला आएको छ ।