मन्दिरको वरिपरि सटर वा सपिङ्ग मल बनाएर मन्दिरको स्रोत मात्र होइन, बागेश्वरीलाई विशाल आकर्षक रुपमा बिकसित गरि पर्यटक भित्र्याएर नेपालगन्जका सबै बासिन्दाको आय श्रोत बिकास हुने योजना बनाइनुपर्छ ।
कल्पना शर्मा
यति बेला नेपालगन्जको मुटुको रुपमा रहेको बागेश्वरी मन्दिरलाई भव्य निर्माण कसरी गर्न सकिन्छ भनेर निकै महत्वपूर्ण वहस शुरु भएको छ । नेपालगन्जको केन्द्र भागमा रहेको शक्तिपीठ बागेश्वरी मन्दिर र त्यसको परिसरलाई कसरी अहिलेको आवश्यकता अनुसार वृहत एवं मास्टर प्लान बनाएर जान सकिन्छ भन्ने वहसले प्रत्येक नेपालगन्जवासीको मन–मस्तिष्कमा प्रवेश पाएको छ ।
पश्चिम नेपालको पूरानो ऐतिहासिक शहर नेपालगन्ज राजनीतिक, प्रशासनिक, व्यापारीक र धार्मिक केन्द्रको रुपमा संधै रहिरह्यो । संघीय ईकाईमा देश गइसके पछि नेपालगन्जलाई प्रशासनिक केन्द्र बनाउन सकिएन । हिजोको मध्यपश्चिमाञ्चलको राजधानी भएकोले सबै प्रशासनिक निकायहरु भेरी अञ्चलको राजधानी भएकाले निकायहरु सबै नेपालञ्जमा रहेकोले प्रशासनिक केन्द्र बनेको थियो । अहिले ५ नं. प्रदेशको राजधानी अस्थायीको रुपमा बुटवल तोकिसकेको छ भने कर्णाली प्रदेशको सुर्खेत राजधानी घोषणा भएको छ ।
नेपालगन्जमा भएका सबै प्रशासनिक निकाय बुटवल र सुर्खेत तिर सरिरहेको छन् र अब नेपालगन्ज प्रशासनिक केन्द्र रहने छैन प्रशासनिक केन्द्र गुमाउने राजनीतिक नेतृत्व नहुनु नै हो । नेपालगन्ज पनि एउटा राजधानी हुन सक्थ्यो सबै सुविधा भएको ठाउँ नै थियो तर हुन सकेन । यसको पछाडि राष्ट्रिय रुपमा पहल लिन सक्ने राजनीतिक नेतृत्व हुन सकेन । त्यस कारण पनि अब नेपालगन्ज राजनीतिक केन्द्र बन्न सक्ने सम्भावना निकै कम रहेको छ ।
अब नेपालगन्जमा व्यापारिक, धार्मिक केन्द्रको थप विकास गर्न हामी नेपालगन्ज सब बाँके जिल्लाका बासिन्दाको लागि पर्यटकीय द्वारको विकास गर्नु पर्छ । खासगरी आन्तरिक र बाह्य (वैदेशिक) पर्यटकहरुको पहिलो खुटकिला नेपालगन्ज बनाउनु पर्दछ । भारतीय पर्यटकहरु मानसरोवर, राराताल, सेफोक्सडो ताल लगायत थुप्रै ठाउँहरुमा पश्चिम नेपालको नेपालगन्ज बाहिर हवाई वा स्थल मार्गबाट आउने गर्छन् । जसको द्वार नेपालगन्ज त भयो तर ती पर्यटकहरु लाई नेपालगन्जमा आकर्षण गर्न स्थान तयार गर्न सकिएन भने नेपालगन्ज व्यापारिक केन्द्र पनि बन्न सक्दैन त्यसैले नेपालगन्जलाई व्यापारीक केन्द्र निर्माण गर्नका लागि सबै भन्दा मुटुको रुपमा रहेको माँ बागेश्वरी मन्दिरलाई आधुनिक कक्ष, सुन्दर, आकर्षण र सुविधायुक्त बनाउनु पर्दछ जति बेला सम्म बागेश्वरी मन्दिर नयाँपन हुँदैन त्यत्ति बेला सम्म नेपालगन्जवासीले यो वहस चलाइराख्नु पर्दछ ।
हाम्रो नेपालगन्ज पहिचान बागेश्वरी मन्दिरको परिसर निकै साँघुरो छ । मन्दिर व्यवस्थापन समितिले हिजो आन्तरिक पर्यटनका लागि तयार गरियो तर अहिले वृहत बनाउँछ भने सबै भन्दा बागेश्वरी मन्दिर पुग्ने सडकहरु फराकिला बनाउन पर्छ । फराकिलो मात्र होइन सुन्दर बनाउन पर्दछ । मन्दिरको वरिपरि सटर बनाएर खाली ठाउँमा व्यापारिक परियोजनाको लागि सपिङ्ग मल बनाएर बागेश्वरीको मन्दिरको मात्र आय श्रोत बनाउने होइन बरु बागेश्वरी मन्दिरलाई विशाल आकर्षण व्यवस्थापन गरि पर्यटक भित्र्याएर नेपालगन्ज सबै बासिन्दालाई आय श्रोत बनाउन पर्दछ । सफा तलाउ, नयाँ आकर्षण पुल सहित जुँगै महादेवको मन्दिर बनाऊँ, व्यवस्थित गाडी पार्क बनाऊँ, त्यही हेर्ने लायक गार्डेन पार्क बनाऊँ, आवत–जावत नहुने स्थलमा आकर्षण वाउण्ड्री, पर्खाल बनाऊँ, खानेपानी र शौचालयको उचित व्यवस्थापन गरौं ।
मन्दिर भित्र प्रवेश गर्ने कलायुक्त ढोकाहरु बनाऊँ, लगायत थुप्रै कलाहरु गरेर हाम्रो भविष्य हामी आफैं बनाऊँ । स्रोतको रुपमा नेपालगन्ज उपमहानगर पालिकाले तयार गरोस् । बागेश्वरी विकास कोष तयार गरी सबै जनतालाई निर्माणमा सहभागी गराई यो मन्दिर नेपालगन्जको पहिचान भएकोले सबै जाति, धर्महरु मान्ने मानिसहरुको निमित्त गौरव हो । नेपालगन्जबाट विजयी हुनु भएका इस्तियाक राई ज्यू मन्त्री हुनु हुन्छ । यस अघि मन्त्रज्यूले बागेश्वरी मन्दिको जिर्णाेद्वार प्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको थियो र उहाँले केन्द्रस्तरबाट पहल गर्नुहोस् प्रदेश संसदहरुले प्रदेशमा पहल गर्नु होस् हामी सबै मिलेर हाम्रो इतिहासको सुरक्षा आफैं गरौं जो हाम्रो भविष्य संग जोडिएको छ ।
जय बागेश्वरी माता ।
( डि.एस.पी.रोडस्थित साई ग्यास सप्लायर्सका सञ्चालक शर्मा सामाजिक क्षेत्रमा सक्रिय छन् ।)